खप्तड प्रकृतिको अनुपम उपहार : मन्त्री आले | Khabarhub Khabarhub

खप्तड प्रकृतिको अनुपम उपहार : मन्त्री आले


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको चार जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थल खप्तड प्रकृतिको अनुपम उपहार भएको बताएका छन् ।

खप्तड पर्यटन विकास समितिद्वारा आज आयोजित ‘खप्तडको पर्यटन विकासका लागि अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले खप्तडजस्तो प्राकृतिक सुन्दरता भएको ठाउँ अन्त कतै नभएको दाबी गरे  ।

उनले भने  हामी स्वीट्जरल्याण्ड, सिङ्गापुर घुम्न गइरहेका छौँ तर त्यो नेचुरल होइन, कृतिम हो, हाम्रै देशमा भएका प्रकृतिले दिएका खप्तड, रारा जस्ता नेचुरल ठाउँको विकास गरौँ, पर्यटक आउने छन् ।

मन्त्री आलेले रकमान्तर भयो भने खप्तडको विकासका लागि आफूले केही बजेट यसैपालि छुट्टयाएर अर्थ मन्त्रालयमा पठाउने समेत जानकारी दिए ।

उनले भने आगामी वर्षको बजेटका लागि खप्तडको माष्टरप्लान बनाएर दिएको खण्डमा थप बजेट विनियोजन गर्न सकिने छ । खप्तडसहित देशका विभिन्न क्षेत्रमा रहेका प्रकृतिका अनुपम उपहारको विकास, संरक्षणका लागि आफू लागि परेको उनको भनाइ थियो  ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ७ : ०९ बजे

सामुदायिक वनको लगानीमा विपन्न युवालाई ड्राइभिङ तालिम

घोडाघोडी–  कैलालीको गौरीगङ्गा नगरपालिका–७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता

सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन सरकार लागेको छ : मुख्यमन्त्री शाह

कैलाली-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानीमैत्री वातावरण बनाउन

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा २० वर्ष मुनिका किशोरी आमा बन्ने दर

केन्द्रीय कार्यालय परिसर विस्तारका लागि कांग्रेसले किन्यो १३ करोडमा जग्गा र घर 

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यालय परिसर विस्तारका लागि एक रोपनीभन्दा

विपद्का बेला सामाजिक सुरक्षा प्रणाली अपनाउनुपर्नेमा जोड

काठमाडौं– विपद्का समयमा अग्रिम सामाजिक सुरक्षा प्रणाली अपनाउनुपर्ने एक कार्यक्रममा