परराष्ट्रमन्त्रीसँग फ्रान्सेली प्रतिनिधिमण्डलको भेट | Khabarhub Khabarhub

परराष्ट्रमन्त्रीसँग फ्रान्सेली प्रतिनिधिमण्डलको भेट


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग फ्रान्सेली प्रतिनिधिमण्डलले भेट गरेको छ ।

पाँचदिने नेपाल भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार परराष्ट्रमन्त्री डा. खड्कासँग भेटवार्ता गरेको हो ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुवै पक्षले नेपाल–फ्रान्स सम्बन्धका विविध पक्ष, सहयोग र साझा हितका बहुपक्षीय मुद्दामा विचार आदानप्रदान गरेका थिए ।

नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा आएको प्रतिनिधिमण्डलमा समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर छन् ।

आजै मन्त्री खड्कासँग नेपालका लागि जर्जियाका राजदूत अर्चिल जुलियाश्भिलीले शिष्टाचार भेट गरे ।
त्यस अवसरमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र विभिन्न बहुपक्षीय मञ्चमा भएको सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ८ : ३२ बजे

विपद्का बेला सामाजिक सुरक्षा प्रणाली अपनाउनुपर्नेमा जोड

काठमाडौं– विपद्का समयमा अग्रिम सामाजिक सुरक्षा प्रणाली अपनाउनुपर्ने एक कार्यक्रममा

रविको पक्षमा हस्ताक्षरबारे रास्वपालाई कांग्रेसले भन्यो- अदालतमा विचाराधीन मुद्दाबारे ख्याल गर्नू

काठमाडौं– नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन

४० औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव काठमाडौंमा आयोजना गरिएको छ

कहिले आउला काठमाडौं महानगरको बजेट ?

काठमाडौं- देशकै ठूलो काठमाडौं महानगरपालिकाले निर्धारित समय अर्थात् असार १०

समीक्षा र एलिनाको पक्षमा उभिए फिल्मकर्मी र कलाकार

काठमाडौँ – उदीयमान दुई गायिका एलिना चौहान र समीक्षा अधिकारीले