एमसीसीका विषयमा रहेका भ्रम चिर्न जनताका घरदैलो पुग्छौँ– नेपाली काँग्रेस « Khabarhub

एमसीसीका विषयमा रहेका भ्रम चिर्न जनताका घरदैलो पुग्छौँ– नेपाली काँग्रेस


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसले एमसीसीका विषयमा जनतामा रहेका भ्रम चिर्न अभियान चलाउने भएको छ ।

स्थानीय चुनावको तयारीका विषयमा नेपाली काँग्रेसले बुधबार गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीको विषयमा देखिएको भ्रम चिर्न जनताको बीचमा जान लागेको जनाएका हुन् ।

उनले एमसीसीका विषयमा नकारात्मक प्रचार गरिएको भन्दै भ्रम चिर्नु हाम्रो जिम्मेवारी भएको पनि बताए ।

उनका अनुसार शुक्रबार ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य पुग्ने र आइतबारबाट काम थाल्ने छन् । ‘एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न पर्सि ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य जानुहुन्छ,’ उनले भने, ‘२९ फागुनबाट उहाँहरूले औपचारिक रूपमा काम गर्नुहुन्छ ।’ अभियान एक महिनासम्म जारी रहने उनले बताए ।

पालिका, वडा र टोलमा संगठन गर्ने र भ्रम चिर्ने गरी काम गर्न नेताहरूलाई आग्रह गरेका उनले स्थानीय निर्वाचनका लागि छलफल गरेर चुनावी घोषणापत्र बनाउन पनि बताए ।

डा. महतले नेपाली काँग्रेस सत्य कुरामा विश्वास गर्ने पार्टी भएको पनि बताए ।

एमसीसी उदार प्रकृतिको अनुदान सहयोग रहेको र यो सहयोगले इतिहासमा नयाँ नजिर स्थापित गरेको पनि उनले दाबी गरे ।

डा. महतले अमेरिकी सेना नेपालमा आउने जस्ता भ्रम केहीमा रहेको भन्दै यस्ता भ्रमहरू चिर्न कार्यकर्तालाई प्रशिक्षण दिएर जनताका घरदैलोमा पठाउने पनि बताए ।

जनताका हरेक प्रश्नका जवाफ दिएर नेपाली काँग्रेस अगाडि बढ्ने पनि उनले स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा डा. महतले स्थानीय चुनावको हालसम्मको तयारी र अबका योजनाहरूबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : ४५ बजे

फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट अत्यधिक मतसहित केन्द्रीय

नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा नियुक्त

काठमाडौं– नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा क्षत्री नियुक्त भएका छन्

ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई योगेश भट्टराईले गरे सलाम

काठमाडौं- एमाले उपमहासचिवमा निर्वाचित भएका योगेश भट्टराईले पार्टीको महाधिवेशनमा प्यानलको

ओलनिकट मानिने ‘ग्याङ अफ फोर’ लाई धक्का, विष्णु रिमाल पराजित

काठमाडौं– नेकपा एमालेमा ‘ग्याङ अफ फोर’ भनेर परिचित भएको टिमबाट

एमालेका १९ पदाधिकारीमा उठेकामध्ये जसले जिते, जसले हारे (मत परिणामसहित)

काठमाडौं- नेकपा एमालेको १९ जना पदाधिकारीमध्ये १७ जना अध्यक्ष केपी