एमसीसीका विषयमा रहेका भ्रम चिर्न जनताका घरदैलो पुग्छौँ– नेपाली काँग्रेस « Khabarhub

एमसीसीका विषयमा रहेका भ्रम चिर्न जनताका घरदैलो पुग्छौँ– नेपाली काँग्रेस


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसले एमसीसीका विषयमा जनतामा रहेका भ्रम चिर्न अभियान चलाउने भएको छ ।

स्थानीय चुनावको तयारीका विषयमा नेपाली काँग्रेसले बुधबार गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीको विषयमा देखिएको भ्रम चिर्न जनताको बीचमा जान लागेको जनाएका हुन् ।

उनले एमसीसीका विषयमा नकारात्मक प्रचार गरिएको भन्दै भ्रम चिर्नु हाम्रो जिम्मेवारी भएको पनि बताए ।

उनका अनुसार शुक्रबार ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य पुग्ने र आइतबारबाट काम थाल्ने छन् । ‘एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न पर्सि ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य जानुहुन्छ,’ उनले भने, ‘२९ फागुनबाट उहाँहरूले औपचारिक रूपमा काम गर्नुहुन्छ ।’ अभियान एक महिनासम्म जारी रहने उनले बताए ।

पालिका, वडा र टोलमा संगठन गर्ने र भ्रम चिर्ने गरी काम गर्न नेताहरूलाई आग्रह गरेका उनले स्थानीय निर्वाचनका लागि छलफल गरेर चुनावी घोषणापत्र बनाउन पनि बताए ।

डा. महतले नेपाली काँग्रेस सत्य कुरामा विश्वास गर्ने पार्टी भएको पनि बताए ।

एमसीसी उदार प्रकृतिको अनुदान सहयोग रहेको र यो सहयोगले इतिहासमा नयाँ नजिर स्थापित गरेको पनि उनले दाबी गरे ।

डा. महतले अमेरिकी सेना नेपालमा आउने जस्ता भ्रम केहीमा रहेको भन्दै यस्ता भ्रमहरू चिर्न कार्यकर्तालाई प्रशिक्षण दिएर जनताका घरदैलोमा पठाउने पनि बताए ।

जनताका हरेक प्रश्नका जवाफ दिएर नेपाली काँग्रेस अगाडि बढ्ने पनि उनले स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा डा. महतले स्थानीय चुनावको हालसम्मको तयारी र अबका योजनाहरूबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : ४५ बजे

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

काठमाडौं– बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित

एजेन्सी– सन् २०२५ मा ब्राजिलको औद्योगिक उत्पादन मात्र ०.६ प्रतिशतले

व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार गर्दै काठमाडौं 

काठमाडौं– काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म व्यवस्थित साइकल लेन र

एघार करोडको लागतमा दूधमति नदीको उत्खनन

जनकपुरधाम– एघार करोडको लागतमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दूधमति

कामपाका सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक