आफवाहले हैरान सिभिल ग्रुप « Khabarhub

आफवाहले हैरान सिभिल ग्रुप


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चालक समितिले लगानी धरापमा पारेको भन्दै गुनासो बढेपछि सिभिल ग्रुपका अध्यक्ष इच्छा तामाङले सिभिलप्रति विश्वस्त हुन सवै लगानीकर्ता तथा बचतकर्तालाई आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित जिल्ला सहकारी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तामाङले सिभिल ग्रुपको सबैे लागानी सुरक्षित भएको बताए । ‘सिभिल बचत तथा सहकारी तरलताको अवस्थामा छ, लगानी सुरक्षित छैन भन्ने कुरा आईरहेको छ, ती सवै अफवाह हुन’ तामाङले भने ‘हामीसँग लिक्वीडिटिका लागी प्रशस्तै ब्याकअप छ, हामीसँग २० प्रतिशतभन्दा बढी रकम अझै निक्षेपित छ, हामी अफठ्यारोमा कँहा छौ र ?’

सिभिलका सबै वित्तीय संस्थाहरु आर्थिक दृष्टिकोणबाट सबल रहेकाले ढुक्कसँग निक्षप गर्न उपस्थित सबै सहकारीका अध्यक्षहरुलाई तामाङले आग्रह समेत गरे । आफ्नो सहकारीका सदस्यलाई सिभिलको वास्तविकता बुझाउँदै आएता पनि बारम्बार आइरहने अफवाहरुले लगानीकर्तालाई आस्वस्त हुन नदिएको उनले दुखेसो समेत पोखे ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका सहकारी विभाग प्रमुख नवराज अधिकारीले सबै सहकारीहरुलाई पारदर्शीता कायम राख्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ८ : ३९ बजे

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०

इराकविरुद्ध एमबाप्पेले गरे दुई गोल

काठमाडौँ – विश्वकप अन्तर्गत अहिले फ्रान्स र इराकको खेल जारी