बुढीगण्डकी आयोजना प्रभावितले मागे २५ गुणा बढी मुआब्जा | Khabarhub Khabarhub

बुढीगण्डकी आयोजना प्रभावितले मागे २५ गुणा बढी मुआब्जा


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितहरुले सरकारसँग प्रतिआना २५ लाख रुपैयाँसम्म मुआब्जा माग गरेका छन् ।
आयोजनाबाट प्रभावित आरुघाट, ओर्खे र खहरेका स्थानीयहरुले न्युनतम ५ देखि अधिकतम २५ लाख रुपैयाँसम्म प्रति आना जग्गाको मुआब्जा मोगेका हुन् ।

सरकारी दर भन्दा करिब २५ गुणा बढी मुआब्जा स्थानीयहरुले माग गरेपछि हाललाई सरकारले मुआब्जा वितरणको काम बन्द गरेको छ । बुढीगण्डकी जलविद्युत आयोजना धादिङ र गोरखा जिल्लामा पर्छ । धादिङको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले मुआब्जा निर्धारणको कार्य वैज्ञानिक ढंगले भइरहेको बताएका छन् ।

पाण्डेयले भने ‘स्थानीयले सरकारी दर भन्दा पच्चीस गुणा बढी जग्गाको भाउ मागेका छन्, जुन सम्भव कुरा होइन, अर्कोतर्फ सरकारी दर अतिनै न्यून छ त्यो कायम गरिनु पनि न्यायसंङ्गत हुँदैन ।’ उनले अहिले डाटा संकलन भइरहेको जानकारी दिँदै न्यूनतम र अधिकतम कति मुल्यमा जग्गाहरु विक्री वितरण भइरहेको मालपोतको तथ्याङहरु हेरी त्यसैको आधारमा मुआब्जा निर्धारण गर्ने तयारी भइरहेको जानकारी दिए ।

उक्त जग्गाको मुआब्जाका लागि गत वर्ष १८ अर्ब बजेट विनियोजन समेत भएको थियो । रकम हुँदाहँुदै पनि आयोजनाले मुआब्जा वितरण नगरेको भन्दै स्थानीहरुले सरकारप्रति आक्रोश पोखेका छन् । बुढीगण्डकी प्रभावित स्थानीयहरुले आफ्नो माग सम्बोधन गर्ने भन्दै विभिन्न समय स्थानीय बजारहरु पनि बन्द गर्दैआएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ९ : ०६ बजे

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा