नेकपा एस बैठक: अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन सुझावसहित पारित « Khabarhub

नेकपा एस बैठक: अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन सुझावसहित पारित


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

बिहीबार सम्पन्न बैठकले अध्यक्षको प्रतिवेदन सुझाव सहित पारित गरेको हो ।

 प्रतिवेदनमा वर्तमान अन्तराष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका संगठनात्मक कार्यहरूको समीक्षा र पार्टीका आगामी कार्ययोजना लगायतका विषय समेटिएको छ ।

बैठकले मोर्चा संगठन सञ्चालन निर्देशिका र सम्पर्क मञ्च सञ्चालन निर्देशिका पनि सुझावसहित पारित गरेको छ । साथै १५ बुँदे समसामयिक प्रस्तावहरूसमेत पारित गरिएको नेकपा (एकीकृत समाजवादी)का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य बस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको छ । मुलुकको आर्थिक सूचकहरू कमजोर भइरहेको भन्दै सरकारलाई आर्थिक सुधारका लागि ठोस योजना चाल्न सुझाव दिएको छ ।

त्यस्तै जनचाहना अनुरूप राज्यका सबै अंगमा भ्रष्टाचारको नियन्त्रण र छानविन गर्नका लागि शक्तिशाली आयोग गठन गर्न पनि माग गरेको खतिवडाले बताए ।

स्थानीय तहको निर्वाचनमा सम्पूर्ण शक्ति लगाउने निर्णय भएको उनले बताए । त्यसअघि समूहगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले प्रतिगमनकारी दक्षिणपन्थी शक्तिसँग हाम्रो लडाइ कायमै रहेको बताएका छन् ।

उनले आफूभित्र भएका कमीकमजोरीहरु सच्चाएर आपसमा विश्वासको वातावरण बनाउदै पार्टीलाई जनताकेन्द्रीत बनाउन निर्देशन दिए। । अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनलाई केन्द्रविन्दुमा राखेर पार्टी गतिविधि अघि बढाउन निर्देशन दिए । समूहगत छलफलका क्रममा नेताहरुले पार्टीबाट मन्त्री भएकाहरुको आचरणप्रति प्रश्न उठाएका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ७ : ५१ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी