जितको लागि नेपाललाई  २३३ रनको लक्ष्य « Khabarhub

जितको लागि नेपाललाई  २३३ रनको लक्ष्य


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप लिग –२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीलाई चौथो अभ्यास खेलमा श्रीलंका संयुक्त– ११ ले जितका लागि २३३ रनको लक्ष्य दिएको छ ।

 टस जितेर पहिले ब्याटिङ थालेको श्रीलंका  संयुक्त– ११ ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनायो ।

 श्रीलंका संयुक्त– ११ का लागि अनुक फ्रेर्नान्डोले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै सान्दुन विराक्कोडीले ४९ रन बनाए भने दिलसान मुनविराले १४, उपुल थरङ्गाले ३, थिसेरा परेराले ८, चमारा सिल्भाले ६, दिलरुवान परेराले १४, प्रसन्नाले १२, कुमारस्वामीले ३० तथा निमन्थाले १८ रनको योगदान गरे ।

 बलिङतर्फ नेपालको दिपेन्द्रसिंह ऐरी र सागर ढकालले समान तीन -तीन विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे । त्यस्तै सन्दीप लामिछाने र आरिफ शेखले समान एक-एक विकेट लिए ।

यसअघि नेपालले खेलेको तीन अभ्यास खेलमा तीनै खेलमा विजयी भएको छ । नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा श्रीलंकाको नेभीलाई क्रमशः १११ रनले र ८९ रनले पराजित गरेको थियो । तेस्रो अभ्यास खेलमा नेपालले श्रीलंकाको पुलिसलाई १४४ रनले हराएको थियो ।

आईसीसी विश्वकप लिग– २ त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न नेपाली क्रिकेट टोली यही फागुन ३० गते श्रीलंका बाट सिधै संयुक्त अरब इमिरेट्स (युएइ) जानेछन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ५ : २३ बजे

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत