भक्तपुरमा फेरि देखियो बर्डफ्लू,काभ्रेको साँगामा उच्च सतर्कता « Khabarhub

भक्तपुरमा फेरि देखियो बर्डफ्लू,काभ्रेको साँगामा उच्च सतर्कता


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिका १० स्थित एक पोल्ट्री फार्ममा एक सातापछि  आज पुन बर्डफ्लु देखिएको छ  ।

भक्तपुरमा  बर्डफ्लू देखीसंगै काभ्रेपलाञ्चोकको सीमानाका साँगामा उच्च सतर्कता अपनाइएको छ ।

उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४ सै घण्टा पशुपक्षीलगायत वस्तु आयात निर्यातमा सतर्कता अपनाउँदै परीक्षण काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । छिमेकी जिल्ला भक्तपुरमा बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाइएको र भोलि आइतबारदेखि थप सतर्कताका योजना सञ्चालन गर्छौँ  उनले भनिन् ।

जिल्लाको दक्षिण पूर्वी नाका बीपी राजमार्गअन्तर्गत रोसी गाउँपालिकाको मगंलटार पक्षी जाँच केन्द्र स्थापना गरिएको र जिल्लाअन्तर्गत राजमार्ग जोडिने अन्य नाकामा पनि उच्च सतर्कता अपनाइने प्रजिअ पाण्डेले जानकारी दिइन्  ।

राजधानी काठमाडौँसहित केही जिल्लामा बर्डफ्लु देखिएपछि उपत्यकाको पूर्वी नाका तथा जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको हो । पनौती र बनेपा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिक रुपमा कुखुरा, कालिज तथा अन्य पक्षीपालक कृषकसँग उक्त महामारी रोगबारे अन्तरक्रिया गर्नाका साथै  विभिन्न स्थानको नमूना परीक्षण गर्दा बर्डफ्लु नेगेटिभ रिपोर्ट आएको जनाएका थिए। 

केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईंले पक्षी पालिएको खोर सधैँ सफा राख्दै  निसक्रंमण गर्नुपर्ने र सम्बद्ध व्यक्तिले मास्क, बुट र पञ्जा अनिवार्य लगाउनुपर्ने बताए । गत माघ १६ गते मोरङको दुई स्थानमा देखिएको बर्डफ्लु त्यसयता चितवन र सङ्घीय राजधानी काठमाडौँ भक्तपुरमा देखिएको थियो । 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ८ : ३५ बजे

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा

नियमित महाधिवेशन अनिश्चित बनेपछि विशेष महाधिवेशनका लागि कांग्रेस नेतृत्वलाई दबाब

काठमाडौं- प्रमुख दल नेपाली कांग्रेसमा आगामी पुस २६ गतेदेखि पन्ध्रौँ

आमा भन्छिन्- बेलुका भएपछि छोरो घर आउला जस्तो लाग्छ

काठमाडौं– बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री