माधव नेपालसहित १४ सांसदविरुद्धको रिटलाई अन्तिम सुनुवाइ गर्न सर्वोच्चको आदेश « Khabarhub

माधव नेपालसहित १४ सांसदविरुद्धको रिटलाई अन्तिम सुनुवाइ गर्न सर्वोच्चको आदेश


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले एमालेले कारबाही गरेको माधव नेपालसहित  १४ सांसदहरूमाथि अन्तिम सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले माधव नेपालसहित  १४ सांसदहरू माथिको मुद्दामा अन्तिम सुनुवाइका आदेश दिएको हो।

नेकपा एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्चले पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो।

नेकपा एमालेले निष्कासन गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरी गैरकानूनी काम गरेको भन्दै एमाले अदालत गएको थियो। नेकपा एमालेले माधव नेपालसहित १४ सांसदलाई निष्कासन गर्न गत भदौ १ गते संसद् सचिवालय र निर्वाचन आयोगमा पत्र पठाएको थियो। एमालेले आफ्ना दलका पुर्वसांसदहरू माधव नेपाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, लक्ष्मीकुमारी चौधरी, कलिला खातुन, कल्याणी खड्कालाई सांसद पदबाट हटाउन भन्दै एमालेले संसद् अवरोध कायमै राखेको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  २ : ४६ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित