कांग्रेस सर्लाही सभापतिमा सिंह निर्वाचित | Khabarhub Khabarhub

कांग्रेस सर्लाही सभापतिमा सिंह निर्वाचित


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- नेपाली कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन्। आइतबार मध्यराति सार्वजनिक मतपरीणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको हो।

सभापतिमा विजयी सिंहले १ हजार ७५८ मत पाए भने संस्थापनइतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत मात्र पाए। रायभन्दा सिंह ३८० बढी मत ल्याएर विजयी भएका हुन्। निर्वाचन समितिका अनुसार ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेको थियो।

उपसभापतिमा भने संस्थापनइतरका नवीन अधिकारी १ हजार ४९३ मतसहित विजयी भए। उपसभापतिमै संस्थापनबाट डा। सरोज कुमार ९राजु० १ हजार ७६४ मतसहित विजयी भएका छन्।

सचिवमा संस्थापनका निरज कार्की १ हजार ७२६ र मनोज यादव १ हजार ४२६ मतका साथ विजयी भए।

सहसचिवमा संस्थापनकै इन्द्रबहादुर योञ्जन १ हजार ७११ र सुनिलकुमार कुशवाहा १ हजार ५७९ मत सहित विजयी भएका छन्।

कांग्रेस अधिवेसनका जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले विजयी सभापति सिंहसहित पदाधिकारीलाई बधाई ज्ञापन गरे।

सदस्यको मतगणना भने होलीपछि हुने छ। यद्यपि निर्णय भइसकेको छैन। यस विषयमा सोमबार दुवैपक्षसँग छलफल हुने निर्वाचन अधिकृत सिंहले बताए। कांग्रेस जिल्ला अधिवेशन अन्तर्गत गत शनिबार मतदान भएको थियो।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ८ : ३३ बजे

बबई नदीमा जलसतहले खतराको तह पार गर्‍यो

काठमाडौं– बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ ।

डोका बिक्रीबाट राम्रो आम्दानी 

भोजपुर– भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका

एनसेल बन्यो ‘भोल्टे रोमिङ सेवा’ सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

काठमाडौं– नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने ग्राहकका लागि

जनचासो सम्बोधन गरेर विधेयक समितिले कानुन परिमार्जन गर्नेछ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चासो र चिन्ता

बडीमालिका यात्रामा धनगढीदेखि जुम्लासम्मका सरकारी टोली, स्थानीय तहले दिए सार्वजनिक विदा 

धनगढी– बडीमालिका धार्मिक यात्रा २०८२ सुरु भएको छ । धर्तीको