ग्लोबल आइएमई बैंकका ग्राहकले क्यूआर कोर्ड मार्फत ग्यास खरिद गर्दा छुट पाउने    « Khabarhub

ग्लोबल आइएमई बैंकका ग्राहकले क्यूआर कोर्ड मार्फत ग्यास खरिद गर्दा छुट पाउने   


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ग्लोबल आइएमई बैंकका ग्राहकले क्युआरबाट भुक्तानी गरेर खाना पकाउने ग्यास खरिदमा छुट पाउने भएका छन् ।

आज एक कार्यक्रमका बिच ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास बिक्रेता महासंघको  सम्झौता सम्पन्न गरेका हुन्   ।

ग्यास खरिद तथा बिक्री गर्दा क्यूआर मार्फत गर्न  तथा मोबाइल पेमेन्ट प्रवर्द्धनका लागि सहकार्यका लागि सम्झौता हस्ताक्षर सम्पन्न भएको ग्लोबल आईएमई बैंकले जनाएको छ ।

समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्रचार्य र ग्यास बिक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका थिए ।

ग्लोबल आइएमई बैंकले भुक्तानी साझेदारहरू ’स्मार्ट च्वाइ टेक्नोलोजिज्’’फोनपे’ सँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवर्द्धनका लागि छुट दिने योजना  ल्याइएको हो। 

बैंकले सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवर्द्धनका लागि ग्लोबल आइएमई बैंकले विभिन्न संघ संस्थासँग सम्झौता गर्दै आएको छ। 

महासंघका अध्यक्ष अर्यालले बैंक सँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास बिक्रेताहरू सिधै लाभान्वित हुनेमा विश्वस्त रहेको बताएका थिए  ।

ग्लोबल आइएमई बैंकको मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन काउन्टर मार्फत सेवा दिदै आएको छ । ग्लोबल आइएमई बैंकका  २८ लाखभन्दा बढी ग्राहक रहेका छन् । 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ५ : ११ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट