त्रिभुवन आर्मी फुटबल क्लबलाई झापागोल्ड कपको उपाधि « Khabarhub

त्रिभुवन आर्मी फुटबल क्लबलाई झापागोल्ड कपको उपाधि


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौँ संस्करणको झापागोल्ड कपको उपाधि जितेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार दिउँसो भएको खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबले झापा एक्स आईलाई २–१ गोेल अन्तरले पराजित गरेको हो । 

 त्रिभुवनको जितमा टेक बहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले १–१ गोल गरे । भने झापाका लागि विमल घर्ती मगरले १ गोल फर्काएका थिए  ।

खेलको १८ औं मिनेटमा सुमन अर्यालले दिएको क्रसलाई टेक बहादुरले गोलमा परिणत गर्न सफल भएका थिए । पहिलो गोल गरेको त्रिभुवन आर्मीले  खेलको २० औँ  मिनेटमा  कप्तान जर्जले दोस्रो गोल गर्न सफल भए । गोलरक्षक दीपक कार्की अगाडि बढेको मौकाको सदुपयोग गर्दै जर्जले सहजरूपमा  गोल गरका थिए ।

खेलको २२ औँ मिनेटमा  दबाब महशुश गरेको झापाले आक्रमणमा तीव्रता लियो । खेलको २४ औँ मिनेटमा झापाका विमल घर्ती मगरले १ गोल गर्न सफल भए । तर, विमलको गोलपश्चात दुवै टोलीको निरन्तर प्रयासले गरेपनि अर्को गोल हुन सकेन । दोस्रो हाफमा त्रिभुवनले आक्रमण भन्दा रक्षात्मक शैली अपनाएको थियो  । फलस्वरुप उपाधि त्रिभुवनले जित्यो ।

 खेल जितेसँगै त्रिभुवनले १२ लाख ५५ हजार रुपैयाँ र उपविजेता झापाले ६ लाख पाँचहजार रुपैयाँ पुरस्कार राशी पनि प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : २३ बजे

बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षणमा पुगे भौतिकमन्त्री 

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट

बालेनको तीन वर्षे रिपोर्ट कार्ड : ६ महानगरबीच कहिल्यै अब्बल बनेन काठमाडौं

काठमाडौं– यतिबेला मुलुक फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनतिर होमिएको

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए

काठमाडौं ४ का मतदाताको अनुभव : अहिले गगन थापाको लोकप्रियता मदन भण्डारीको जस्तै छ

काठमाडौं- २०६४ सालयताका निर्वाचनमा लगातार विजयी नेपाली कांग्रेसका सभापति गगनकुमार

लगानीकर्ता निरुत्साहित भए, आवश्यक परे ७ दिनभित्र अध्यादेश ल्याउछौँ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैर–आवासीय नेपाली (एनआरएन) र