गुल्मीमा मोतिविन्दुको नि:शुल्क शल्यक्रिया, दुई सय जनाले लिए सेवा  « Khabarhub

गुल्मीमा मोतिविन्दुको नि:शुल्क शल्यक्रिया, दुई सय जनाले लिए सेवा 


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा  करिब दुई सय जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । डाक फाण्डेशनको सहयोग तथा नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको सहकार्यमा तीन वटा निःशुल्क आँखा शिविर सम्पन्न भएका छन् ।

शिविरमा १८४ जनाको निःशुल्क मोतिविन्दुको सफल शल्यक्रिया गरिएको जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीका नेत्र अधिकृत सूर्य बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार तीनवटै शिविर सदरमुकाम तम्घासको आँखा उपचार केन्द्रमा सञ्चालन गरिएको थियो ।

गत ९ र १० पुसमा सञ्चालन भएको आँखा शिविरमा ५६ जनाको शल्यक्रिया र दुई सयभन्दा धेरैले आँखा परीक्षण गराएका थिए । शिविरमा परासी आँखा अस्पतालका निर्देशक सर्जन डा.सविता ढकाल तथा जिल्ला आँखा उपचार केन्द्र तम्घासको टोलीले मोतिविन्दुको शल्यक्रिया गरेको नेत्र अधिकृत बस्नेतले बताए ।

त्यस्तै गत १६ फागुनमा सञ्चालन भएको शिविरमा २७ जनाको मोतिविन्दुको शल्यक्रिया र ७० जनाको आँखाको परिक्षण गरिएको थियो । शिविरमा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवाका नेत्ररोग विशेषज्ञ डा.अमन गुप्ता तथा जिल्ला आँखा उपचार केन्द्रका टोलीले शल्यक्रिया गरेका थिए ।

२६ र २७ फागुनमा सञ्चालन भएको शिविरमा एक सय एक जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया तथा चार सयभन्दा धेरैले आँखाको उपचार गराएको नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीले जनाएको छ ।

मोतिविन्दुको शल्यक्रियाका लागि मुख्य सर्जन डाक्टरबाहेक अन्य जनशक्ति जिल्लामै छन् । जिल्ला आँखा उपचार केन्द्र तम्घासमार्फत आँखाको ९० प्रतिशतसम्म उपचार भइरहेको जिल्ला आँखा उपचार केन्द्र गुल्मीका सभापति शेरबहादुर थापाले जानकारी दिए । जिल्लामा दैनिक आँखाको माइनर शल्यक्रिया र मासिक मोतिविन्दुको मेजर शल्यक्रिया गरिँदै आएको थापाले बताए ।

आँखा उपचार केन्द्रले सदरमुकाम बाहिर तीनवटा उपशाखामार्फत सेवा प्रवाह गरिरहेको छ । उक्त उपशाखाहरुबाट स्थानीय स्तरमै पनि आँखाको ६० प्रतिशत रोगको उपचार हुँदै आएको थापाले बताए । संस्थाले स्थानीय तह वा अरु संघ संस्थाको आयोजनामा शिविरहरू सञ्चालन गरेर पनि आँखाको परीक्षण, उपचार, शल्यक्रिया र चस्मा वितरण गरिरहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १२ : ३९ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर