व्यास नगरपालिका विपन्न समुदाय सामूहिक खेतीमा आकर्षित हुँदै  « Khabarhub

व्यास नगरपालिका विपन्न समुदाय सामूहिक खेतीमा आकर्षित हुँदै 


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- व्यास नगरपालिका विपन्न स्थानीयहरू सार्वजनिक जग्गामा सामूहिक खेती गर्न जुटेका छन् । सिसुवा भतेरी कृषि सहकारीको समन्वयमा उनीहरु सामूहिक खेती गर्न आकर्षित भएका हुन् ।

व्यास नगरपालिका १०  वडा स्थित मादी नदी किनार नजिकैको २५ रोपनी जग्गामा मौसम अनुरूपको बाली लगाउन सामूहिक खेतीमा उनीहरु जुटेका हुन् ।

संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धिमा सहयोग गर्दै आएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिए ।  सहकारीले अति सीमान्तकृत बोटे, अल्पसङ्ख्यक दरै, दलित तथा विपन्न व्यक्तिको आयआर्जनमा टेवा दिनुका साथै अँधिया खेतीको लागि अन्यत्र जानुपर्ने समस्या हटेको छ । 

विपन्नको आयआर्जनको लागि वडा कार्यालयले १० वर्षको लागि उक्त सार्वजानिक जग्गा निःशुल्क प्रयोग गर्न अनुमति दिएको थियो । 

स्थानीयहरूले  करिब रु एक लाख लागतमा जमिन समथर बनाएपछि  खेती शुरु  गरेका थिए ।  सहकारीले राम्रो कार्य गरेको भन्दै व्यास नगरपालिकाले सामूहिक खेतीका लागि रु १७ लाख पर्ने ट्रयाक्टर प्रदान गरेपछि खेती लगाउन सहज भएको अध्यक्ष शर्माले जानकारी दिए ।

जसको जग्गा छैन उनीहरूलाई पहिलो प्राथमिकता दिएर समूह बनाइएको छ । मैले काम पाइन तथा मैले गरी खान पाइन्न भन्नेका लागि सहकारीले सामूहिक खेतीलाई प्राथमिकता दिएको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए ।

सहकारीले पराल तथा घाँस सोही ठाउँस्थित गौ संरक्षण प्राङ्गारिक मल उत्पादन तथा सरसफाइ केन्द्रलाई दिने र केन्द्रले गाईको मलमूत्र सामूहिक खेतीको लागि दिने व्यवस्था मिलाइएको छ ।

सहकारीले मौसम अनुसारको विभिन्न तरकारी, धान तथा माछापालन गर्दै आएका छन् । सहकारीमा आवद्ध भएकाले सामूहिक खेती र गाईभैँसीको दूध बिक्री गरी मासिक रु ३० हजारसम्म आम्दानी गर्दै आएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ३ : २१ बजे

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच

शिक्षकको तलब भत्ताबारे अफवाह फैलाइयो : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन

स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध

पर्सा – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यहाँस्थित नारायणी अस्पतालको

पिआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार