क्रिप्टोकरेन्सी कारोबार आरोपमा मोरङका दुई जनाविरुद्ध मुद्दा दायर | Khabarhub Khabarhub

क्रिप्टोकरेन्सी कारोबार आरोपमा मोरङका दुई जनाविरुद्ध मुद्दा दायर


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजस्व अनुसन्धान विभागले डलरको अवैध रुपमा कारोबार गरेको कसुरमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभिन्न एपमार्फत डलरको अवैध कारोबार गरी क्रिप्टोकरेन्सीमा लगानी गरेको कसूरमा दुई जनाविरुद्ध काठमाडौँजिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

मोरङ जिल्ला रतुवामाई नगरपालिका वडा नं ७ बस्ने २८ वर्षीय पुस्कर श्रेष्ठ र सोही ठाउँकी २३ वर्षीया बिनिता लिम्बू विरुद्ध मुद्दा दायर भएको हो । उनीहरुले बाइनान्स, क्वाइनबेस, प्याक्सफूल लगायतमाध्यम मार्फत रकम लोड तथा अनलोड गरी अवैध रुपमा अमेरिकी डलर सटही गरेको र क्रिप्टोमा लगानीकर्ताको रुपमा रही कार्य गरेको विभागले उल्लेख गरेको छ ।

श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंकबाट २ करोड ५१ लाख ७६ हजार, एनआइसी एसियाबाट २ करोड ३६ लाख ६२ हजार समेत गरी कुल ७ करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको अवैध कारोबार गरेको विभागको दावी छ ।

त्यस्तै लिम्बूले एनआइसी एसिया बैंकबाट २ करोड १६ लाख ९८ हजार रुपैयाँ बराबरको अवैध कारोबार गरेको विभागले जनाएको छ । दुई जनाबाट कुल ९ करोड ७४ लाख ६९ हजार रुपैयाँ बराबरको बिगो रकम जफत गरी ३ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

विभिन्न बैंकका स्टेटमेन्ट, बरामद मोबाइलमा प्राप्त विवरण, कल डिटेल लगायतका विवरण समेतका मिसिल संलग्न प्रमाणबाट उनीहरुले कसुरजन्य कार्य गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ३ : २९ बजे

भारतले इरानमा फसेका नेपालीको उद्धारमा सहयोग गर्ने

काठमाडौं– भारत सरकारले इरानमा फसेका नेपाली नागरिकको उद्धारका लागि सहयोग

चितवनमा सवारी दुर्घटना, सातजनाको मृत्यु, १८ घाइते

चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी

म एउटा मान्छे कतिजनाको भाकलका लागि कति पटक रेटिने ? : रवि लामिछाने

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका राष्ट्रिय

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको

सभापति लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको