संस्थागत निक्षेपको ब्याज छ प्रतिशत कायम गर्न मोरङ व्यापार संघको माग « Khabarhub

संस्थागत निक्षेपको ब्याज छ प्रतिशत कायम गर्न मोरङ व्यापार संघको माग


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- चर्को ब्याजदर विरुद्ध मोरङ व्यापार संघकाले राष्ट्र बैंकको विराटनगर कार्यालय आगाडि  धर्ना दिएको छ । धर्नाको नेतृत्व मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले गरेका थिए ।  

धर्नामा मोरङ व्यापार  संघ लगायत सुनसरी औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीहरू पनि सहभागि जनाएका थिए । 

हाल मुलुकमा तरलताको अभाव न्यूनीकरणका लागि बैंकको चर्को ब्याज वृद्धिलाई रोक्न संस्थागत निक्षेपको ब्याजदर छ प्रतिशत कायम गर्नुपर्ने उनीहरूले  माग राखेका थिए ।

सरकारले अहिलेसम्म पूँजीगत खर्च २० देखि ३० प्रतिशतसम्म मात्र हुनु सरकारको निरीहपन देखिएको, कूल निक्षेपको रु १८ अर्ब जति संस्थागत निक्षेप रहेको र बैंकको ब्याजदर वृद्धि भई ११ प्रतिशत पुग्नका साथै अनुत्पादक क्षेत्रमा गरिएको लगानीले अझ भयावह स्थिति सिर्जना हुने उद्योगी एवं व्यापारीको भनाइ थियो ।

सरकारले समयमा नै अहिलेको अवस्थाप्रति सचेत हुनपर्ने संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले बताए । साथै  व्यवसायी पवनकुमार सारडाले तरलताको अभावसँगै बैंकको ब्याज वृद्धिले समग्र अर्थतन्त्र शिथिल हुन पुग्नु देशको लागि राम्रो नभएको जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ३ : ५९ बजे

थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालियो

मनाङ- अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले

पदाधिकारी पदमुक्तिको कानुनी रिक्तता हटाउन विधेयक ल्याएका हौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक पदाधिकारीको

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा

न्युयोर्क- इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने विषयमा इरानले राखेको

प्रधानमन्त्रीले बोलाए ३ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्ने भएको छ । 

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका