युद्धको बहानामा मूल्यवृद्धि गरेकोमा झापा उपभोक्ता जागरण अभियानको आपत्ति | Khabarhub Khabarhub

युद्धको बहानामा मूल्यवृद्धि गरेकोमा झापा उपभोक्ता जागरण अभियानको आपत्ति


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – रुस युक्रेनबीच युद्धको बहानाबाजी गरेर पेट्रोलियम पदार्थ, खानेतेल लगायत दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि गरेकोमा उपभोक्ता जागरण अभियानले आपत्ति जनाएको छ । 

मूल्यवृद्धि विरुद्ध उपभोक्ता जागरण अभियानले झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएको हो  ।

अभियानले आज उपभोक्ता दिवसका अवसरमा बुझाएको पाँचबुँदे ध्यानाकर्षण पत्रमा रुस युक्रेन युद्ध र त्यसले पारेको असरले डलर र पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा विश्व नै महँगीको चपेटामा परेको उल्लेख गरिएको छ ।

अभियानका जिल्ला अध्यक्ष मोहन काजीको हस्ताक्षर भएको ध्यानाकर्षण पत्रमा बजारमा अस्वाभाविक रुपमा मूल्यवृद्धि गरिएकाले आम जनगुनासोलाई मध्यनजर गर्दै सरकारी अनुगमन संयन्त्रलाई परिचालन गरेर महँगी नियन्त्रण र बजारलाई स्वच्छ बनाउन अनुरोध गरिएको छ।

पत्रमा उपभोग्य वस्तु तथा सेवाको मूल्यसूची अनिवार्य राख्ने व्यवस्था कार्यान्वयन गराउन र त्यसो नगर्नेलाई कानुनी कारबाही गर्नसमेत माग गरिएको छ ।

अधिकांश व्यवसायीले इस्टमेट बिल प्रयोग गर्दै आएका र त्यसमा बिक्रेता, वस्तु, मात्रा र दररेट उल्लेख नभएकाले अविलम्ब बन्द गराउन माग गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी छवि रिजालले ध्यानाकर्षण पत्र बुझ्दै स्थानीय तहले बजार अनुगमनमा ध्यान नदिइरहेको बेला अभियानले सुरु गरेको कामलाई प्रशासनको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ४ : ३५ बजे

चितवनमा सवारी दुर्घटना, सातजनाको मृत्यु, १८ घाइते

चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी

म एउटा मान्छे कतिजनाको भाकलका लागि कति पटक रेटिने ? : रवि लामिछाने

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका राष्ट्रिय

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको

सभापति लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको