राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा | Khabarhub Khabarhub

राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी-  मुख्यमन्त्री कप १९ वर्षमुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले  टोली घोषणा गरेको छ ।

 सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिएको हो ।

टोलीमा स्नेहा महरा, मनिषा चौधरी, अन्नु कडायत, जानकी थापा, सुधा धामी, पवित्रा धामी, यशु पाण्डेय, यशोदा विष्ट, मनिषा बोहरा, सीमा कुँवर, आयुष्मा धानुक, रमा बुढाथोकी, अनिता जोशी र राधिका पुजारा रहेका छन् । यस्तै लक्ष्मी महर, कषिश पाल, चेतना कुँवर र मनिषा बोहरा वैकल्पिक खेलाडीको रुपमा छनोट भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ ।

 बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा १४ जनाको टोली घोषणा गरिएको सुदूरपश्चिम क्रिकेट प्रशिक्षक जानकी कुमारी भट्टले बताइन् ।

नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रदेशको सहयोगमा यही चैत ६ गतेदेखि धनगढीमा १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ ।

१९ वर्षमुनिको मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो । धनगढीको फाप्ला  क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा मुलुकको सातै प्रदेशको सहभागिता रहनेछ । उद्घाटन खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेशले  प्रतिस्पर्धा गर्ने छन्  ।

प्रतियोगिताले महिला क्रिकेट खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए  ।

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ५ : ०६ बजे

इन्डोनेसियामा विरोध प्रदर्शनका क्रममा १० जनाको मृत्यु, सयौँ घाइते

एजेन्सी– गत हप्ता इन्डोनेसियामा भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा कम्तीमा

टाटा मोटर्सको नयाँ शोरूम अब धनगढीमा 

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले

विद्यालय समायोजनलाई लिएर दुई दिनदेखि वडा कार्यालय तालाबन्दी

सिमकोट– हुम्लाको सर्केगाड गाउँपालिका–१ को वडा कार्यालय जैरमा दुई दिनदेखि

बाल मानसिक स्वास्थ्य सेवाको दिगोपना सुनिश्चित

काठमाडौं– बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्य सेवालाई दिगो र

जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक भदौ अन्तिममा

काठमाडौं– जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण यही