एमसीसीबारेको भ्रम चिर्न भन्दै काँग्रेसबाट पुस्तिका प्रकाशन « Khabarhub

एमसीसीबारेको भ्रम चिर्न भन्दै काँग्रेसबाट पुस्तिका प्रकाशन


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले एमसीसी सम्झौताबारे प्रष्ट पार्न पुस्तिका प्रकाशन गरेको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालयले एमसीसी अनुदान सहायता सम्झौता भ्रम र यथार्थ शीर्षकको पुस्तक नै प्रकाशन गरेर यसबारेको भ्रम चिर्न लागेको हो ।

अमेरिकी अनुदान सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएसँगै काँग्रेसले यसबारेको भ्रम चिर्न पुस्तक प्रकाशन गरेर कार्यकर्तालाई दिन लागेको हो ।

एमसीसीविरुद्ध नागरिकहरूमा नकारात्मक धारणाको विकास गरिएको भन्दै त्यस्तो भ्रम चिर्नु पर्ने काँग्रेसले बताएको छ । एमसीसी विशुद्ध अनुदान सम्झौता भएको र यसले देशको विकासमा टेवा पुग्ने काँग्रेसले बताउँदै आएको छ ।

काँग्रेसले आफ्नो दस्तावेजमा ३० वटा भ्रम र त्यसबारेको यथार्थ समेटेको छ । केन्द्रीय कार्यालयले दस्तावेज छपाई गरी ७७ वटै जिल्लामा खटिएका केन्द्रीय नेताहरूमार्फत् वडा–वडासम्म पुर्‍याउने र त्यसबारे फैलाइएका भ्रम चिर्ने बताएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ८ : ३२ बजे

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)