काठमाडौं महानगरले हटायो वसन्तपुरका पुरातात्विक मापदण्ड विपरीतका संरचना | Khabarhub Khabarhub

काठमाडौं महानगरले हटायो वसन्तपुरका पुरातात्विक मापदण्ड विपरीतका संरचना


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले वसन्तपुरका पुरातात्विक मापदण्ड विपरीतका संरचना हटाएको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा संरक्षित स्थलको मापदण्ड विपरीत निर्माण गरेको कङ्क्रिट संरचना आज महानगरले हटाएको हो ।  

महानगर उपप्रमुख हरिप्रभा खड्गी नेतृत्वको अनुगमन समितिले अनुगमन गरी संरचना भत्काएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

 नौतले दरबारअघि वसन्तपुर डबलीमा बनाइएको संरचना हटाउन पुरातत्व विभागले पटकपटक पत्राचार गरेको थियो । विभागको पत्राचारको महानगरले बेवास्ता गरेपछि सम्पदा बचाउ अभियानले महानगरकै अनुगमन समितिलाई गुहारेका थिए ।

 महानगरपालिकाले राति राति काम गरेर पुरातात्विक मापदण्ड विपरीत काम गरेको सम्पदा बचाउ अभियानकर्मी गणपतिलाल श्रेष्ठले बताए ।

 महानगर उपप्रमुख श्रेष्ठको नेतृत्वमा आज अनुगमन गरेपछि विभागका महानिर्देशक दामोदर गौतमको कार्यकक्षमा बसेको सरोकार भएका निकायको बैठकले मापदण्ड विपरीतका संरचना भत्काउने निर्णय गरेको थियो ।

 निर्णयबमोजिम महानगरीय प्रहरी वृत्त जनसेवाको समेत सहभागितामा ती संरचना हटाइएको छ  । संरचना हटाउन युनेस्को, जिल्ला प्रशासन कार्यालय काठमाडौँ लगायतका निकायले पनि पत्राचार गरेका थिए । मापदण्ड विपरीतका संरचना निर्माणका विषयमा वसन्तपुर दरबार क्षेत्रका चारवटै वडा र महानगरपालिकाकै हनुमानढोका दरबार संरक्षण कार्यक्रमलाई जानकारी गराइएको थिएन ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ८ : ४६ बजे

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे

ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग

सिंगापुर सूत्र : कडा कानून, योजनाबद्ध सोच र इमानी नेतृत्व

सुशासन र विकासका लागि सिंगापुरलाई विश्वले नै आदर्श मोडल मान्छ।

डेढ दशकदेखि खानेपानी आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– ३ सिसाखानीमा खानेपानी आयोजना सुरु भएको

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

भोजपुर– भोजपुरमा भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ ।