’२ नम्बरी’ मा सौगातको इन्ट्री « Khabarhub

’२ नम्बरी’ मा सौगातको इन्ट्री


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसले सिर्जित अवस्थाको कारण रोकिएको फिल्म ‘२ नम्बरी’ चैतको दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको छ । कोरोना भाइरसको कारण पहिलो पटक लकडाउन हुने समयमा फिल्म छायांकनरत थियो । यद्दपी फिल्म अब पहिलो सिनबाटै छायांकन गरिने निर्देशक दीपेन्द्र लामाले बताए । निर्देशक लामाले केहि समय अगाडी मात्र निर्माता किरण नेपालीसंग पोखरा वरपर लोकेसन पनि हेरेर फर्किसकेका छन् ।

फिल्मको केहि प्रतिशत अभिनय गरेका अभिनेता पल शाह नाबालिग करणीको आरोपमा न्यायिक हिरासतमा रहेको र फिल्मका अर्का कलाकार जयनन्द लामा स्वर्गीय भएकाले फिल्मको छायांकन सुरुबाटै हुन् लागेको हो । फिल्ममा उनको स्थानमा सौगात मल्लको इन्ट्री भएको छ । सौगातसँग निर्माण टिमले लिखित सम्झौता समेत गरिसकेको छ ।

’हाम्रो क्यामरा रोल गर्ने टार्गेट नै चैत्र १५ हो । एक दुई दिन सर्न सक्ला तर लगभग त्यहि तय छ’ निर्देशक लामाले बताए । उनले फिल्मको छायांकन पहिलेकै लोकेसनमा गरिने बताए । ’हाम्रो सेड्युल अनुसार हामी काम अगाडी बढाउछौँ’ निर्देशक लामाले भने । फिल्म छायांकनमा निस्किने तय भएसँगै भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी थिइन् । फिल्ममा सौगात र उगेनसँगै दयाहाङ राई , वर्षा राउत , कविता आलेको अभिनय रहनेछ ।

फिल्म आउँदो कार्तिक ४ गते प्रदर्शनमा आउने निर्माता नेपालीले बताए । ’मैंले पहिला चाहेकै अभिनेता सौगात हुन् । यद्दपी उनको समय मिल्न सकेको थिएन’ निर्माता नेपालीले भने । कलाकार, पटकथा र निर्माताको लाइनअपमा हेरेफेर गरिएपछि फिल्मको पुनः छायांकन गर्न लागिएको उनले बताए । मित्रताको कथा प्रस्तुत गर्ने फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ३ : ५८ बजे

साउन महिनामा ३ अर्ब ७७ करोड वैदेशिक लगानी स्वीकृत, १८८ साना उद्योगमा आकर्षण

काठमाडौं- आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा ३

बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्नेछौँ : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवा बाध्यात्मक वैदेशिक

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर

समुद्रले निल्दै नाइजेरियाली बस्ती

आयटोरो (नाइजेरिया)- दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय

आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत वितरण