युवा वैज्ञानिक सम्मेलन शुरु | Khabarhub Khabarhub

युवा वैज्ञानिक सम्मेलन शुरु


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानीमा दक्षिण एसियाका साथै विभिन्न मुलुकका युवा वैज्ञानिकहरुको सम्मेलन शुरु भएको छ ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्लो खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न बुधबारदेखि युवा वैज्ञानिक सम्मेलन भएको हो ।

प्रदेश ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा विश्व वातावरण दिवसका अवसरमा आयोजित सम्मेलनमा सार्कमा आबद्ध देशसहित बेलायत, फिनल्याण्ड र जर्मनीका एक सयभन्दा बढी युवा वैज्ञानिकको सहभागिता रहेको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्मेलनको उद्घाटन गर्दै विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रुपान्तरण हुने हुँदा यस क्षेत्रमा सरकारले लगानी बढाउनु पर्नेमा जोड दिए । उनले भने, ‘युवा वर्गलाई नयाँ खोज अनुसन्धानमा आकर्षित गर्नुपर्छ । समाज परिवर्तन गर्ने शक्ति युवा वर्गमा रहेको छ । युवाका ज्ञान, सीप र सिर्जनालाई सरकारले कार्यान्वयन गरी प्रोत्साहन गर्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री नेपालले पछिल्लो समय जल, जङ्गल र जमीनको दोहन कार्य बढ्दै जाँदा यसको असर वातावरण क्षेत्रमा परेकोमा चिन्ता व्यक्त गर्दै यसलाई रोक्न सबै क्षेत्र गम्भीर बन्नु पर्ने बताए ।

सम्मेलनको पहिलो दिन सहभागीले प्रविधिमा आधारित विकासले मात्र दिगो विकास सम्भव हुने धारणा राखेका छन् । नेपालका विभिन्न क्षेत्रमा कार्यरत ३५ युवा वैज्ञानिकले आफ्ना कार्यपत्र तथा आफूले गरिरहेका खोज तथा अनुसन्धानलाई प्रस्तुति दिनेछन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ३ : ०६ बजे

पंक्षीको मासु नखाने खेवा लिम्बूहरुको लहरो

एक ऐतिहासिक थुमको रुपमा रहेको छ, पूर्वी नेपालमा छथर थुम।

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता

काठमाडौं– राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत्

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा