‘हेल्लो जिन्दगी’ को प्रदर्शन मिति सारियो « Khabarhub

‘हेल्लो जिन्दगी’ को प्रदर्शन मिति सारियो


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चैत ११ गतेबाट प्रदर्शन हुने भनिएको चलचित ‘हेल्लो जिन्दगी’ को रिलिज मिति सारिएको छ ।

सोही मितिमा भारतीय फिल्म ‘आरआरआर’ प्रदर्शनमा आउने भएपछि हेल्लो जिन्दगीको रिलिज मिति सारिएको हो । एसएस राजामौली निर्देशित फिल्म ’आरआरआर’ को नेपालमा पनि प्रतीक्षा भइरहेको छ ।

निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म एक हप्ता सारिएकाे घोषणा गरेको हो ।

कोरोना भाइरसको महामारी अगाडि नै फिल्म प्रदर्शनमा ल्याउने तयारी गरिए पनि महामारीका कारण फिल्म केही समय होल्डमा रहेको थियो ।

‘मर्डर मिस्ट्री’सँगै बदला र मित्रताको कथा देखाइएको फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् ।

बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेजमार्फत् डेब्यु गरेका थिए ।

त्रिकोणत्मक प्रेम कथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय छ । नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका छन् ।

फिल्ममा विल्सन विक्रम राई, विक्रान्त बस्नेत, सविता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय पनि छ । हिराल जोशी र विक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छन् ।

निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको फिल्ममा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथा–सम्वाद छ ।

फिल्ममा राजनराज सिवाकोटी र एलिस कार्कीको संगीत रहेको छ भने प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधानसहितको पाश्र्वगायन छ ।
यसमा पुरुषोत्तम प्रधानको छायाँकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डि. गुरुङको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १० : ०८ बजे

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि