रुपन्देही सुपरलिग क्रिकेट: वेश्टर्न क्रिकेट क्लब विजयी « Khabarhub

रुपन्देही सुपरलिग क्रिकेट: वेश्टर्न क्रिकेट क्लब विजयी


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको ए डिभिजनअन्तर्गतको खेलमा बिहीबार वेश्टर्न क्रिकेट क्लब विजयी भएको छ ।

डिभिजन ए अन्तर्गतको अन्तिम खेलमा शंकरनगरलाई ११३ रनको फारकिलो अन्तरले हराउँदै वेश्टर्नले सुपर फोरको यात्रा तय गरेको छ । हारसँगै शंकरनगर डिभिजन बीमा  घटुवा भएको छ ।

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा सुरुवाती ब्याटिङ पाएको वेश्टर्नले निर्धारित ५० ओभरको खेलमा २ सय ६३ रन बनाएको थियो । सबै विकेट गुमाएको टिमका लागि विक्रम भुसालले ६५, नरेन साउदले ४९ र अनिल खरेलले ४१ रन बनाए । बलिङतर्फ शंकरनगरका विशाल विक्रम केसीले ४, ओम सारु मगरले २ विकेट लिए ।

दुई सय ६४ रनको लक्ष्य पाएको शंकरनगरले जवाफी ब्याटिङमा २८  दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १५० रन मात्र जोड्न सक्यो । लक्ष्य पार गर्न नसकेपछि ११३ रनको फराकिलो अन्तरले हार ब्याहोरेको शंकरनगरका लागि ओम सारु मगरले सर्वाधिक ४६, जगत क्षेत्रीले अविजित २०र विष्णु पाण्डेले १९ बनाए पनि जित निकाल्न सकेनन् । बलिङतर्फ बेश्टर्नका अनिल खरेलले ५, विक्रम भुसालले ३ र प्रतिशत जिसीले २  विकेट लिए । बिहीबारको खेलमा वेश्टर्नका अनिल खरेल म्यान अफ द म्याच भए ।

बिहीबारको खेलसँगै डिभिजन ए अन्तर्गतको खेल सकिएको छ । शनिबारबाट हुने सुपर फोरको प्रतिस्पर्धाका लागि ४ टिम उक्लेका छन् । शनिबार एमसीसी क्लब र लुम्बिनी खुकुरी क्लबबीच प्रतियोगिता हुने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ५ : ५५ बजे

आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा

कास्की – पोखरामा यही मङ्सिर १५ गतेदेखि आइटिएफ वल्र्ड टेनिस

रौतहटमा सवारी दुर्घटना: बुबाको मृत्यु, छोराछोरी घाइते

रौतहट- सवारी दुर्घटनामा परी रौतहटमा बुबाको मृत्यु भएको छ भने

चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन

सिरहा – सिरहाको धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा पर्ने चुरे

राजनीतिक दललाई निर्वाचन आयोगको २० बुँदे निर्देशन (पूर्णपाठसहित)

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख