रुपन्देही सुपरलिग क्रिकेट: वेश्टर्न क्रिकेट क्लब विजयी « Khabarhub

रुपन्देही सुपरलिग क्रिकेट: वेश्टर्न क्रिकेट क्लब विजयी


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको ए डिभिजनअन्तर्गतको खेलमा बिहीबार वेश्टर्न क्रिकेट क्लब विजयी भएको छ ।

डिभिजन ए अन्तर्गतको अन्तिम खेलमा शंकरनगरलाई ११३ रनको फारकिलो अन्तरले हराउँदै वेश्टर्नले सुपर फोरको यात्रा तय गरेको छ । हारसँगै शंकरनगर डिभिजन बीमा  घटुवा भएको छ ।

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा सुरुवाती ब्याटिङ पाएको वेश्टर्नले निर्धारित ५० ओभरको खेलमा २ सय ६३ रन बनाएको थियो । सबै विकेट गुमाएको टिमका लागि विक्रम भुसालले ६५, नरेन साउदले ४९ र अनिल खरेलले ४१ रन बनाए । बलिङतर्फ शंकरनगरका विशाल विक्रम केसीले ४, ओम सारु मगरले २ विकेट लिए ।

दुई सय ६४ रनको लक्ष्य पाएको शंकरनगरले जवाफी ब्याटिङमा २८  दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १५० रन मात्र जोड्न सक्यो । लक्ष्य पार गर्न नसकेपछि ११३ रनको फराकिलो अन्तरले हार ब्याहोरेको शंकरनगरका लागि ओम सारु मगरले सर्वाधिक ४६, जगत क्षेत्रीले अविजित २०र विष्णु पाण्डेले १९ बनाए पनि जित निकाल्न सकेनन् । बलिङतर्फ बेश्टर्नका अनिल खरेलले ५, विक्रम भुसालले ३ र प्रतिशत जिसीले २  विकेट लिए । बिहीबारको खेलमा वेश्टर्नका अनिल खरेल म्यान अफ द म्याच भए ।

बिहीबारको खेलसँगै डिभिजन ए अन्तर्गतको खेल सकिएको छ । शनिबारबाट हुने सुपर फोरको प्रतिस्पर्धाका लागि ४ टिम उक्लेका छन् । शनिबार एमसीसी क्लब र लुम्बिनी खुकुरी क्लबबीच प्रतियोगिता हुने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ५ : ५५ बजे

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत