जनताले मुलुकको परिवर्तनको महशुस गर्ने गरि सरकारले काम गर्नेछ : मन्त्री श्रेष्ठ « Khabarhub

जनताले मुलुकको परिवर्तनको महशुस गर्ने गरि सरकारले काम गर्नेछ : मन्त्री श्रेष्ठ


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जनताले मुलुकको परिवर्तनको महशुस गर्ने गरि सरकारले काम गर्ने बताएकी छन्।

शुक्रबार नापी कार्यालय भक्तपुरद्वारा मध्यपुर थिमिमा आयोजित लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जनताले परिवर्तनको वास्तविक महशुस गराउनका लागि सरकार र जनप्रतिनिधि इमान्दार हुनुपर्ने बताएकी हुन्।

जनतालाई परिवर्तनको बोध अनुभूति हुने गरी विकास निर्माण र सेवा सुविधा प्रदान गर्ने कार्यमा सबै जनप्रतिनिधि लाग्नु पर्ने उनको भनाइ छ । उनले नापी र मालपोतका कर्मचारी भन्ने बितिकै जनताले मुख फर्काउने काम गरेको इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई सुझाव दिइन्।

लाल पूर्जाको अभावमा राष्ट्रियता विहीन र मौलिक अधिकार उपभोग गर्नबाट अझै केहि नेपाली बञ्चित हुन परेको अवस्था रहेको भन्दै मन्त्रि श्रेष्ठले यसलाई छिटै अन्त्य गरिने धारणा राखिन्। लालपूर्जा वितरण कार्यक्रम सुरु गरेपछि मन्त्रालयले करिब १५ हजारको हाराहारीमा पूर्जा वितरण गरिसकेको उनले जानकारी दिइन् ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिका साविक वडा नं ६ र ७ का बासिन्दालाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ३ : ५१ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा