ओलीले देउवालाई भने सूर्य चिह्नमा भोट हाल्नूस्, माधव नेपालले बुलाकी बुझाएनन्  « Khabarhub

ओलीले देउवालाई भने सूर्य चिह्नमा भोट हाल्नूस्, माधव नेपालले बुलाकी बुझाएनन् 


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सूर्य चिह्नमा भोट हाल्न आग्रह गरेका छन् ।

काठमाडौँमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सभापतिसमेत रहेका देउवा, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति ब्यङ्ग्य गरेका हुन्।

‘शेरबहादुर देउवा बुढो भएर पनि कांग्रेसमा किन छन् भने उनलाई त्यो चार हजार भत्ता केही गर्न छदैँ छ, नत्र लौरो टेकेर एमालेमा आउँथे ।’ उनले भने, ‘ज्येष्ठ नागरिक हो तपाईहरु सूर्य चिह्नमा भोट हाल्नुस्।’

कांग्रेसको चुनावसम्बन्धी अहिलेको नीति अघिल्लो सरकारको भण्डाफोर गर्ने रहेको सुनाउँदै अध्यक्ष ओलीले कांग्रेसले जे पायो त्यही बोल्ने गरेको टिप्पणी गरे। कुनै बेला कम्युनिस्ट सरकार बनेमा ६० वर्ष पुगेकालाई गोली ठोक्छ भनेर भ्रम फैलाएको स्मरण गर्दै ओलीले जे पनि भनिदिने कांग्रेसको पुरानो बानी भएको जनाए।

‘कांग्रेसका नेताहरु, प्रचण्ड एन्ड कम्पनीहरु कसरी जनताबीच उभिएका हुन्, यस्तो हालत हुँदा पनि जनतामाझ गएका छन्,’ उनले भने, ‘हामी भएको भए लाजले घरबाट पनि निस्किदैन्थ्यौ होला।’

माधव नेपालमाथि कटाक्ष गर्दै ओलीले भने, ‘पहिला पहिला श्रीमान् मन नपरे गहना बुझाएर पोइल जाने चलन थियो, माधव नेपालहरूले एमालेको बुलाकी लगाएर अर्को पार्टी खोले तर फिर्ता गरेनन्।

कम्युनिस्टको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने कम्युनिस्ट हुन नसक्ने ओलीको दाबी छ । अब जनादेश तर्फ कि परमादेशतर्फ भनेर कित्ताकाट गर्ने बेला आएको उनले सुनाए । सङ्कल्पवाला कि षयन्त्रवाला सरकार बनाउने भन्ने चुन्न  आगामी चुनावमा एमालेलाई जिताउन उनकाे आग्रह छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १२ : ०० बजे

गृहमन्त्री अर्यालसँग युएनओडीसी क्षेत्रीय प्रतिनिधिको भेट

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्र सङ्घीय लागूऔषध तथा अपराध

स्वास्थ्य बीमाको आर्थिक सकंट टार्न अर्थ मन्त्रालयसँग १५ अर्ब बजेट माग

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बीमा

एमालेद्वारा अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भावी प्रधानमन्त्रीका रूपमा पार्टीका

हुम्लामा औषधि खरिदमा अनियमितता : लालप्रसाद ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा मुद्दा 

काठमाडौं– हुम्लाको ताँजाकोट गाउँपालिकामा औषधि खरिदमा नक्कली बिल बनाई रकम

प्रचण्डको आशंका : दुई चरणको चुनावमा धाँधली हुन सक्छ, फागुन २१ मै गरियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१