ओलीको टिप्पणी– ‘नेपाली काँग्रेसलाई १३ सिटमा झार्नुपर्छ’ « Khabarhub

ओलीको टिप्पणी– ‘नेपाली काँग्रेसलाई १३ सिटमा झार्नुपर्छ’


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपाली काँग्रेसलाई आगामी चुनावमा १३ सिटमा झार्नुपर्ने टिप्पणी गरेका छन् ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आज गरेको कार्यक्रममा अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सीमित भएको काँग्रेसलाई अब १३ सिटमा झार्नुपर्ने बताएका हुन् ।

उनले यसका लागि तयारीमा जुट्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले युवाहरू पनि काँग्रेस र गठबन्धन सरकारबाट वाक्क भइसकेको अब एमालेलाई भोट दिने विश्वास गरेका छन् ।

उनले आफ्नो पार्टी नेतृत्वको सरकारले कर्मचारीको तलब २५ प्रतिशत बढाएको भन्दै अरु पार्टी सरकारमा गए तलबभत्ता नबढ्ने बताए । अध्यक्ष ओलीले एमाले देशको पहिलो पार्टी भएको पनि बताए ।

संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महौल पनि एमालेकै पक्षमा रहेको उनको दाबी छ ।

अध्यक्ष ओलीले देशभरका मेयर, उपमेर, केन्द्रीय तहको नेता एमालेमा आइसकेकाले अब माओवादी केन्द्रसहित अन्य पार्टीको भाँडो रित्तिसकेकोसमेत टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १ : १९ बजे

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले