ओलीको टिप्पणी– ‘नेपाली काँग्रेसलाई १३ सिटमा झार्नुपर्छ’ « Khabarhub

ओलीको टिप्पणी– ‘नेपाली काँग्रेसलाई १३ सिटमा झार्नुपर्छ’


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपाली काँग्रेसलाई आगामी चुनावमा १३ सिटमा झार्नुपर्ने टिप्पणी गरेका छन् ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आज गरेको कार्यक्रममा अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सीमित भएको काँग्रेसलाई अब १३ सिटमा झार्नुपर्ने बताएका हुन् ।

उनले यसका लागि तयारीमा जुट्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले युवाहरू पनि काँग्रेस र गठबन्धन सरकारबाट वाक्क भइसकेको अब एमालेलाई भोट दिने विश्वास गरेका छन् ।

उनले आफ्नो पार्टी नेतृत्वको सरकारले कर्मचारीको तलब २५ प्रतिशत बढाएको भन्दै अरु पार्टी सरकारमा गए तलबभत्ता नबढ्ने बताए । अध्यक्ष ओलीले एमाले देशको पहिलो पार्टी भएको पनि बताए ।

संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महौल पनि एमालेकै पक्षमा रहेको उनको दाबी छ ।

अध्यक्ष ओलीले देशभरका मेयर, उपमेर, केन्द्रीय तहको नेता एमालेमा आइसकेकाले अब माओवादी केन्द्रसहित अन्य पार्टीको भाँडो रित्तिसकेकोसमेत टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १ : १९ बजे

रूसी आक्रमणको बीच युक्रेनमा भ्रष्टाचार बढ्दो

किएभ – युक्रेनको भ्रष्टाचार विरोधी निकायले सुरक्षा सेवाहरूले अधिकारीहरूलाई शनिबार

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको