टुंगिन बाँकी चर्चित चार मुद्दा | Khabarhub Khabarhub

अदालत

टुंगिन बाँकी चर्चित चार मुद्दा


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतमा कयौं मुद्दा विचाराधीन छन् । त्यसमध्ये पटक पटक पेसी तोकेर कति त स्थगित छन् । केही मुद्दामा विपक्षीसँग लिखित जवाफ मागेको छ, सर्वोेच्चले ।

तिनै मध्येमा केही चर्चित मुद्दा पनि छन् । जुन मुद्दामा पक्षको माग दाबी अनुसार फैसला होस्न/होस्, छुट्टै नजीर स्थापित हुन्छ । र, न्यायिक वृत्तदेखि आम मानिससम्म बहस सिर्जना पनि गर्न सक्छ ।

१. दल दर्ता खारेज

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष रहेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटा विपक्षी छन् ।

१७ भदौमा दायर मुद्दालाई हालै पूर्ण इजलासमा सारिएको छ । जहाँबाट मुद्दाको अन्तिम फैसला आउने छ ।

अध्यक्ष ओलीले नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दर्ता प्रक्रिया खारेज गर्न माग गरेका छन् । उनले एमालेले निष्काशन गरेका सांसदहरूलाई सभामुख सापकोटाले पदमुक्त नगरेको र निर्वाचन आयोगले दल दर्ता गरिदिनुलाई गैरकानुनी भएको जिकिर गरेका छन् ।

यदि, सर्वोच्चको पूर्ण इजलासबाट ओलीको माग अनुसार फैसला आए नेता नेपाल नेतृत्वको पार्टी रहँदैन । माग अनुसार फैसला आएन भने कुनै दलले कारबाही गरेर सिफारिस गर्दा त्यसलाई रोक्ने सभामुखको कदम उचित ठहरिन सक्छ । जसले दल विभाजनका लागि सभामुख कारक बन्ने स्थिति हुने देखिन्छ ।

२ नियुक्तिको निर्णय

बहुमतले निर्णय गर्नेगरी संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गरेपछि ३० पुस, २०७७ मा ओलीले रिक्त विभिन्न संवैधानिक निकायमा ३८ जना पदाधिकारीको नियुक्ति सिफारिस गरे । अन्ततः उनीहरू संसदीय सुनुवाइबिना नियुक्त भए ।

परिषद्मा विपक्षी दलका नेता र सभामुखको उपस्थिति अनिवार्य रहेको परम्परा ओलीले अध्यादेश ल्याएर ऐन संशोधन गरेर तोडिदिए । ओलीले मिचेको भनेर  संविधान मिचेको  ऐन संशोधन गरी पदाधिकारीको नियुक्ति सिफारिस गरेको भन्दै सात मुद्दा सर्वोच्चमा दायर भएको छ ।

मुद्दाको विपक्षीमा ओलीसँगै १ फागुनमा स्वतः निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख सापकोटालगायत छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मालगायत रिट निवेदक छन् । उनीहरूले ओलीले मन्त्रिपरिषद् बैठकमार्फत गरेको सिफारिससँगै ऐन संशोधन गर्न ल्याएको अध्यादेश खारेजलगायतका माग रिटमा गरेका छन् ।

३ ललिता निवास जग्गा

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा दायर नगरेसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

मुद्दाको विपक्षी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौं हो । २२ माघ, २०७६ मा आयोगले तत्कालीन कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा आरोप पत्र विशेष अदालतमा दायर गर्दा पूर्वप्रधानमन्त्रीहरू नेपाल र भट्टराई जोगिएका थिए ।

अख्तियारले नीतिगत निर्णय मात्र नभएकाले ‘थप केही गर्नुपरेन’ भन्ने निष्कर्ष निकालेको थियो । यसविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने सर्वोच्च पुगेका हुन् ।

उनले नेपाल र भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा चलाउने आदेश रिटमा मागेका छन् । उनीहरूले नीतिगत निर्णय नगरी जग्गा हिनामिना नभएको रिटमा जिकिर छ । मुद्दाको टुंगो लाग्न बाँकी छ ।

निवेदक न्यौपानेको माग अनुसार सर्वोच्चबाट आदेश आए दुबै जनाको सांसद पद स्वतः निलम्बनमा पर्न सक्छ ।

४ कर्तव्य ज्यान

माओवादी सांसद अग्निप्रसाद सापकोटा नेकपा छँदै १२ माघ, २०७६ मा सभामुख पदमा निर्वाचित भए । उनीविरुद्ध सर्वोच्च अदालतमा भने कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता छ ।

कहिले मुद्दामा भइरहेको अनुसन्धानका कागजात मगाउने त कहिले संवैधानिक इजलासमा पठाउने आदेश सर्वोच्चबाट भएको छ ।

मुद्दा दर्ता भने २०६५ मा भएको थियो । त्यसयता कयौंपटक मुद्दामा पेसीमा चढेको छ । तर, दर्ता भएको १३ वर्ष हुँदा पनि मुद्दाको किनारा लागेको छैन ।

काभ्रेका अर्जुन लामाको अपहरणपछि कर्तव्य भएको घटनामा सापकोटा मुछिएका छन् । अर्जुनकी श्रीमती पूर्णिमाया रिट निवेदक हुन् । उनले सापकोटालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न माग गरेकी छिन् ।

तर, सापकोटा शक्तिमा रहेकाले पटक पटक जोगिँदै आएका छन् । यदि, उनी पक्राउ परेर अन्ततः मुद्दामा दोषी ठहरिए यसले शान्ति प्रक्रियामा असर गर्न सक्छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ३ : ११ बजे

‘लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’

एजेन्सी– संयुक्त राष्ट्र सङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार

घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन

काठमाडौं– तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका

मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व संकलन

भद्रपुर– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो

‘वैकल्पिक नेता’का घरझगडा बजारमा छरपस्ट !

काठमाडौं – नेपालको संसदीय राजनीतिमा उदाएका नयाँ दलहरू हुन्– राष्ट्रिय स्वतन्त्र

जलवायु न्यायको माग गर्दै युवाहरुको र्‍याली (तस्बिरहरू)

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स