रुपन्देही सुपर लिग क्रिकेट: खुकुरी क्लबको जित « Khabarhub

रुपन्देही सुपर लिग क्रिकेट: खुकुरी क्लबको जित


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा लुम्बिनी खुकुरी क्लब विजय भएको छ ।

सुपर फोरको पहिलो खेलमा मेलवर्न क्रिकेट क्लब एमसीसीलाई ९१ रनले पराजित गर्दै लुम्बिनी खुकुरी क्लबले आगामी यात्रा निश्चित गरेको हो ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा सुरुवाती ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरमा ४४ दशमलव एक ओभरमा एक सय ५३ रन बनाएको थियो । जसका लागि शंकर रानाले ५७, दुर्गेश गुप्ताले १९ र धिरज शाहीले १६ रन बनाए । एमसीसीका रोशनलाल गुप्ताले चार, रमेश कुर्मी, सन्तोस यादव र सबिन शाक्यले समान दुई विकेट लिए ।

एक सय ५४ रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रेको एमसीसी २४ ओभरमै समेटिएर ६२ रन मात्र जोड्न सक्यो । सबै विकेट गुमाएर लक्ष्यमा पुग्न नसकेको एमसीसीलाई ९१ रनको अन्तरले हार ब्यहोर्नु पर्‍यो ।

जसका लागि रोसनलाल गुप्ताको एकल प्रयासमा सर्वाधिक २८ र सुशान्त थापाले १२ रनको योगदान गरे । टिमका लागि अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन जोड्न नसकेपछि हारको सामना गर्नु पर्‍यो । दुर्गेश गुप्ताले चार, अजयकुमार चौहानले तीन र लालबहादुर अधिकारीले दुई  विकेट लिए ।

शनिबारको खेलमा लुम्बिनीका दुर्गेश गुप्ता म्यान अफ द म्याच बने । आइतबार बुद्ध क्रिकेट क्लब र वेस्टर्न क्लबबीच प्रतियोगिता हुने संघका सचिव संजय गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ४ : १० बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार