युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको रुसको दाबी « Khabarhub

युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको रुसको दाबी


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनमा पहिलो पटक हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । रुसको इन्टरफ्याक्स समाचार संस्थाले युक्रेनमा पहिलो पटक किन्जल नामक हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको हो ।

हाइपरसोनिक क्षेप्यास्त्र प्रहारबाट युक्रेनको पश्चिममा रहेको हतियार भण्डार केन्द्रलाई ध्वस्त बनाइएको दाबी गरिएको छ ।

‘हवाईब्यालिष्टिक प्रणालीको किन्जल हवाई क्षेप्यास्त्रले इभानो फ्रान्किभ्स्क क्षेत्रमा रहेको डेलियाटिन गाउँस्थित क्षेप्यास्त्र एवम् हवाई सैनिक उपकरण राखिएको भूमिगत भण्डारणलाई ध्वस्त बनाइदिएको छ ।’ रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले भने ।

इभानो फ्रान्किभ्स्क क्षेत्रको ५० किलोमिटर सीमा नेटो सदस्य मुलुक रोमानियासँग जोडिएको छ । आवाजको वेगभन्दा १० गुण तीव्र गतिमा उड्ने किन्जल क्षेप्यास्त्रलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘आदर्श हतियार’ को संज्ञा दिएका थिए ।

किन्जल हाइपरसोनिक क्षेप्यास्त्रलाई रुसले सन् २०१८ मा सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : ५० बजे

किम र छोरीबाट नयाँ पेस्तोल परीक्षण

एजेन्सी– उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य क्षमताको आधुनिकीकरणलाई

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

महेन्द्रनगर– एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई

प्रतिकूल मौसमले रेसुङ्गा विमानस्थलमा उडान प्रभावित

गुल्मी– गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको

निर्वाचन प्रहरीको सम्मान पत्रसहित बिदाइ (तस्बिरहरू)

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि परिचालन

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा– रूपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका