निर्वाचन आयोगप्रति ओलीको आक्रोश : गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाइयो | Khabarhub Khabarhub

निर्वाचन आयोगप्रति ओलीको आक्रोश : गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाइयो


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाएको भन्दै निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौँमा पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोग र गठबन्धनबीचको सल्लाहमा नियम, आचारसंहिता र मतपत्रको रंङकोे टुंगो लगाएको आरोप लगाएका हुन् ।

एमालेको स्थानीय तहमा वर्चश्व रहेकाले पदाधिकारीले राजीनामा दिएर मात्र उम्मेदवारी दिनुपर्ने नियम बनाएको उनको आरोप छ ।

‘हामीसँँग छलफल गर्नु पर्दैन । सत्तारुढ गठबन्धन र आयोगबीच छलफल हुने, हामीसँग गर्नुनपर्ने,’ उनले भने, ‘स्थानीय तहमा एमालेको वर्चश्व छ । गठबन्धनको इशारामा आयोगले स्थानीय तहको पदाधिकारीमा उम्मेदवारी दिन बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने बनाइयो ।’

एमालेविरुद्ध आयोग प्रयोग भइरहेको भन्दै ओलीले मतपत्रको रङ हरियो बनाउने विषयप्रति पनि आपत्ति जनाए ।

आफूविरुद्ध षड्यन्त्र भइरहेकाले सचेत भएर स्थानीय तहको निर्वाचनमा सहभागी हुने ओलीको भनाइ छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १ : ३३ बजे

प्रधानमन्त्री भन्छन्- मेरो नाम भजाएर कसैले गलत गर्न खोजे झपारेर पठाउनू

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कमजोरी देखिए पनि कारबाही

सञ्चारमन्त्रीले भने- यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क-२’ लागू गर्छौँ

काठमाडौं– सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्ष दोस्रो चरणको

उपचारका क्रममा एक कैदीको मृत्यु

वीरगञ्ज– यहाँस्थित वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको

एमालेमा प्रवेश गरे एकीकृत समाजवादीका प्रदेश कानुन विभाग प्रमुख सम्बाहाम्फे

धनकुटा- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका एकजना नेता

राष्ट्रियसभा : मल, बीउ र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग 

काठमाडौं–  राष्ट्रियसभामा सांसदहरुले किसानलाई मल, बीउ र सिँचाइको व्यवस्था गर्न