उम्मेदवारलाई समान मैदान उपलब्ध गराउन जनप्रतिनिधिको राजीनामा : निर्वाचन आयोग | Khabarhub Khabarhub

उम्मेदवारलाई समान मैदान उपलब्ध गराउन जनप्रतिनिधिको राजीनामा : निर्वाचन आयोग


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचनमा जाँदा उम्मेदवारहरुलाई समान मैदान दिन स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

सोमबार काठमाडौँमा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्वतन्त्र, स्वच्छ र भयमुक्त वातावरणमा चुनाव गर्नु आयोगको दायित्व भएको भन्दै उम्मेदवार भएका सबैलाई समान मैदान उपलब्ध गराउन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको बताए।

बहालमा रहेकै अवस्थामा उम्मेद्वार बन्दा राज्यको स्रोत सधान उपयोग गर्ने सम्भावना देखिएको र त्यही स्वस्थ प्रतिस्पर्दा नहुने देखेर राजीनामा दिनुपर्ने प्रावधान राखेको पनि उनले बताए ।

प्रवक्ता पौडेलले जनप्रतिनिधिले राजीनामा दिँदैमा स्थानीय तह रिक्त नहुने पनि स्पष्ट पारे। प्रवक्ता पौडेलले विगतको स्थानीय तह चुनावपछि गरिएको समीक्षामा प्राप्त सुझाव अनुसार नै मतपत्रको रंग हरियो राख्ने निर्णय गरिएको उल्लेख गरे।

 त्यस्तै उनले सातवटै प्रदेशमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीति दल तथा सरोकारवाला निकायसँग छलफल गरिने जानकारी दिए।

आयोगले दल दर्ताको काम सम्पन्न भइसकेको, मतदाता नामावली अद्यावधिकको काम अन्तिम चरणमा पुगेकाले मतदाता नामावली छपाई, परिचयपत्र छपाई, निर्देशिकाहरू छपाई लगायतका काम अगाडि बढाइने जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ४७ बजे

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी वृद्धि गर्ने सरकारको नीति छ’

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनलाई प्रोत्साहन

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ

वैज्ञानिकहरूले अस्ट्रेलियाबाट पिएनजीका लागि एग्रेटको ३८ घण्टाको उडान ट्रयाक गरे

एजेन्सी – उत्तरी आप्रवासनको क्रममा अस्ट्रेलिया र पपुवा न्यू गिनीको

प्रतिनिधिसभा बैठक : सत्तापक्षीद्वारा बजेटको स्वागत, विपक्षी विरोधमा

काठमाडौं- सत्तारुढ दलका सांसदहरुले जनअपेक्षा र यथार्थपरक बजेट आएको भन्दै