पार्टीले मन्त्री बनाएकालाई तत्काल हटाउँदैन : माधव नेपाल « Khabarhub

पार्टीले मन्त्री बनाएकालाई तत्काल हटाउँदैन : माधव नेपाल


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका छन् ।

केही दिन यता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचारहरु सार्वजनिक भइरहँदा पार्टी अध्यक्ष नेपालले त्यसमा सत्यता नभएको बताएका हुन् ।

सोमबार साँखुमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी मन्त्री हेरफेर गर्ने पक्षमा नरहेको बताएका हुन् । उनले गलत र नियोजित रुपमा हल्ला फिँजाइएको बताए । उनले कार्यकर्तालाई हल्लाको पछि नलाग्न आग्रह गरे । ‘बाहिर आएको हल्लाको पछि नलाग्नुस् । मन्त्रीहरुलाई निकाल्दैछन्, नयाँ पठाउँदैछन् भन्ने हल्ला नपत्याउनू ।’

मन्त्री फेर्दैछन् भन्ने हल्ला चलेपछि आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कर्मचारीले नटेरेको उनले बताए । उनले आफ्ना पार्टीबाट सरकारमा रहेका दुई मन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको समाचारहरुमा पनि सत्यता नभएको दाबी गरे ।

एकीकृत समाजवादीबाट सरकारमा पाँच जना सहभागी छन् । सरकारमा एकीकृत समाजवादीबाट विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री सहित भवानी खापुङ राज्यमन्त्री रहेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ६ : ३० बजे

परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना

काठमाडौं– रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त

रुसी राष्ट्रपतिको निवासमा निशाना बनाएको ड्रोन खसालिएको दाबी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पु्टिनको निवासलाई लक्षित गरेको ड्रोनलाई रूसी

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ– स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर