एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प छैन : वरिष्ठ नेता पौडेल « Khabarhub

एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प छैन : वरिष्ठ नेता पौडेल


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् । ‘घर घर जाऔँ : कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ (ख) ले आज डुम्रेमा आयोजना गरेको भेलामा वरिष्ठ नेता पौडेलले कांग्रेसबीच एकता कायम गरी निर्वाचनमा जानुपर्नेमा जोड दिए।

स्थानीय तहको निर्वाचनमा जिल्लाका दशवटै पालिकामा कांग्रेसलाई जिताउने गरी तयारी थाल्न पौडेलले आग्रह गरे। जनताको घरघरमै पुगेर कांग्रेसको प्रचारप्रसार गर्नुपर्नेमा पौडेलको जोड थियो । तनहुँको विकास निर्माणको काम कांग्रेसकै नेतृत्वमा भएकाले त्यसलाई पूरा गर्न पनि कांग्रेसले जित्नुपर्ने पौडेलको जिकिर थियो ।

नेपाली कांग्रेसले ‘घर घर जाऔँ : कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत जिल्लाका चारवटै प्रदेशसभा क्षेत्रमा आज भेला गरेको छ । तनहुँ क्षेत्र नम्बर १ (क) को दमौलीमा, १ (ख) को डुम्रेमा, २ (क) को खैरेनीटारमा र २ (ख) को घिरिङमा सम्मेलन आयोजना गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ५ : ३० बजे

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज