ओटीटीमा 'ड्युन' | Khabarhub Khabarhub

ओटीटीमा ‘ड्युन’


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बार्नर ब्रोजले सन् २०२१ मा रिलिज हुने तयारीमा रहेका सबै फिल्म ओटीटीमा पनि सार्वजनिक गर्ने निर्णय थियो । हलिउडको ठूलो फिल्म निर्माण कम्पनीमध्ये एक मानिने बार्नरले फिल्म हलसँगै ओटीटीमा पनि एकै दिन सिनेमा रिलिज गर्ने घोषणा गर्दै एक महिनाका लागि एचबिओ म्याक्समा पनि स्ट्रिमिङ हुने जनायो ।

सन् २०२१ कै अक्टोबरमा रिलिज भएको फिल्म ‘ड्यून’ एचबिओ म्याक्स पश्चात अमेजन प्राइममा रिलिज हुने भएको छ । निर्माण टिमले मार्च २५ मा फिल्मलाई ओटीटीमा रिलिज गर्न लागेको हो ।

डेनिस भेल्लिन्युभले निर्देशन गरेको साइन्स फिक्सन फिल्म ‘ड्युन’ मा टिमोथी चालमेट, जेन्दया, रेबाका फर्गुसन, अस्कर आइज्याक, जोश ब्रोलिन, जेसन मामोओ लगायतका कलाकारले अभिनय गरेका छन् ।

समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको फिल्म ‘ड्युन’ ले अमेरिकामा व्यापार पनि राम्रो गरेको थियो । फिल्मलाई ओटीटी प्लेटफर्ममा पनि रुचाउने विश्वास प्राइम अमेजनको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ८ : १० बजे

हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

मकवानपुर – हेटौँडा–वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक

प्राप्त उपलब्धि संस्थागत गरेर थप उपलब्धि खोजौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त उपलब्धि

बाजुराका दुई स्थानीय तहलाई भारतीय दूतावासद्वारा एम्बुलेन्स उपहार 

धनगढी– भारत सरकारको उपहार स्वरुप बाजुराका दुई स्थानीय तहले एम्बुलेन्स

ट्राफिक प्रहरी दोलखाद्वारा २ करोड ३३ लाख राजस्व संकलन 

दोलखा– जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले पछिल्लो दश महिनाको अवधिमा