दीपेन्द्रको पहिलो शतकसँगै पीएनजीलाई २ सय ७९ रनको लक्ष्य प्रस्तुत | Khabarhub Khabarhub

दीपेन्द्रको पहिलो शतकसँगै पीएनजीलाई २ सय ७९ रनको लक्ष्य प्रस्तुत


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलअन्तर्गत नेपालले पपुवा न्यु गिनी पीएनजीलाई २ सय ७९ रनको लक्ष्य दिएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १ सय ५, देव खनालले ७२, रोहित पौडेलले ३५, भीम शार्की २६ र कप्तान सन्दीप लामिछानेले नटआउट २४ रन जोडे ।

यस्तै, अनिल शाहको १, आरिफ शेखले ४, सोम्पाल कमीले नटआउट ३ र अनिल शाहले १ रन जोडे । कुशल भूर्तेल र पवन शरफ भने शून्य रनमा आउट भए ।

दीपेन्द्रले १ सय ४० बलमा ७ चौंका सहित १ सय ५ रनको योगदान गरे । यो नेपालको लागि दीपेन्द्रको पहिलो शतक हो ।

यससँगै एक दिवसीय सिरिजमा नेपालका लागि अन्तर्राष्ट्रिय शतक पुरा गर्ने दीपेन्द्र तेस्रो क्रिकेटर बनेका छन् ।

देवले ८६ बलमा ३ छक्का र ४ चौंका प्रहार गर्दैँ ७२ रनको योगदान गरे । नेपालको लागि देवको यो पहिलो अर्धशतक हो ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १ : ३३ बजे

भूकम्पपीडित अफगानी नागरिक खुला आकाशमा रात बिताउन बाध्य

अफगानिस्तान – पूर्वी अफगानिस्तानमा विनाशकारी भूकम्प गएको तीन दिनसम्म पनि

ललितपुर महानगरमा एक विद्यालय-एक सम्पदा कार्यक्रम

ललितपुर– ललितपुर महानगरले एक विद्यालय-एक सम्पदा कार्यक्रम सुरु गरेको छ

पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं– काठमाडौँको पुतलीसडकमा वाग्मती प्रदेश–०१-००२ ज ८३२२ नम्बरको माइक्रोबसले आज

ललितपुर महानगरका महिला उद्यमीको उत्पादन अब एपबाट किनबेच

ललितपुर– ललितपुर महानगरले उद्यमी महिलाको उत्पादनलाई बजारसम्म पुर्‍याउन एलएमसी हाटबजार