अक्षयले स्वीकारे ‘बच्चन पाण्डे’ को असफलता « Khabarhub

अक्षयले स्वीकारे ‘बच्चन पाण्डे’ को असफलता


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– ‘द कश्मीर फाइल्स’ ले राम्रो व्यापार गरिरहेको छ । यसको प्रभाव भने अक्षयकुमारको फिल्म ‘बच्चन पाण्डे’ मा परेको छ ।

‘द कश्मीर फाइल्स’ को कुरा गर्ने हो भने यो फिल्मले पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले यसलाई चर्चामा ल्याएको हो । यसको प्रभाव व्यापारमा पनि देखिएको छ । प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाखको व्यापार गरेको फिल्मले पहिलो साता दुई सय करोड आँकडा पार गरिसकेको छ ।

यो व्यापार हिन्दी भाषामा मात्र गरेको छ । यो रफ्तारले फिल्मको व्यापार तीन सय करोड आसपासमा हुने अनुमान भारतीय फिल्मको ट्रेड विश्लेषण गर्ने विश्लेषकहरूले गरेका छन् ।

कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ । यसमा छलफल बढेसँगै फिल्म हेर्नेको संख्या पनि बढ्दो छ ।

‘द कश्मीर फाइल्स’ राम्रो आम्दानी गरिरहेको छ भने यसको सिधा प्रभाव फिल्म ‘बच्चन पाण्डे’ मा परेको छ । फिल्मले एक सातामा मात्र ५० करोडको हाराहारीमा व्यापार गर्न सफल भएको छ ।

फिल्म असफल भएको अक्षय स्वयमले स्वीकारे । भोपालमा भएको एक इभेन्टमा अक्षयले निर्देशक विवेक अग्नीहोत्रीको कामको निकै प्रसंसा गरे । ‘द कश्मीर फाइल्स’ ले हाम्रो देशको तितो यथार्थलाई बाहिर ल्याएको छ । यो एउटा बहसको विषय हो ।

फिल्मलाई दर्शकले हेरे र हेर्नु पर्ने पनि थियो’ अक्षयले भने । उनले ‘द कश्मीर फाइल्स’ले आफ्नो फिल्मलाई समेत डुबाएको स्वीकारे ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ३ : ४१ बजे

बाँके प्रहरीमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज– प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा

संघीय संसदका दुवै सदनको बैठक बस्दै, प्रि–बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ आज, सुनुवाइ समितिमा १६ उजुरी सांसदलाई वितरण

काठमाडौँ – संवैधानिक परिषद्‍बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा.

‘प्लेकार्ड बोकेर लोकतान्त्रिक अभ्यास गरेका हौँ, बाधक भए नियमावली फेरौँ’

काठमाडौँ- श्रम संस्कृति पार्टीका महासचिव आरेन राई युवा नेता हुन्

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार