चितवनमा कृषि कर्जा मेला सुरु « Khabarhub

चितवनमा कृषि कर्जा मेला सुरु


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवनमा कृषि कर्जा मेला सुरु भएको छ । चितवनको भतरपुरस्थित एक्स्पो सेन्टरमा मेला सुरु भएको हो । 

आइतबार सुरु भएको मेलामा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासिफिक प्रतिनिधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए । 

‘नबिल बैंकले दिगो बैंकिङ अगाडि बढाएको छ । त्यसको प्रमुख कार्यक्रम कृषि छ,’ उनले भने, ‘हाम्रो उर्वर जमिन भोलि रहन्छ की रहँदैन, भोलिको दिनमा सन्ततिको भविष्यलाई नबिगारी अहिले विकास गर्ने हो ।’ 

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’ मा नै समस्या रहेको बताए । 

उनले बैंकहरू कर्जा दिन तयार भए पनि निक्षेपकर्ताको पैसा लगानी गर्दा त्यसको सावाँ र थोरै ब्याज फिर्ता हुने सुनिश्चितता खोज्नुपर्ने बताए । 

‘कर्जा दिन बैंक तयार छौँ तर, हाम्रो किसानले कर्जा लिएर ब्याज मात्रै हैन तिर्ने मात्रै हैन त्यसबाट आम्दानी गर्न ‘इको सिस्टम’ बनाउनुपर्छ भनेर बुझ्नुभएको छ,’ उनले भने, ‘नबिल बैंक किसान र कृषिमा लगानी गर्ने भनेर अगाडि बढेका छौँ । हामी प्रतिबद्धता जनाउँछौँ, तर जबसम्म लगानी गरेको पैसाको साँवा र पैसा फिर्ता आउँछ भनेर देखिँदैन लगानी गर्न समस्या हुन्छ ।’

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १० : ०३ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने