काँग्रेस, एमाले र माओवादी जिते पनि मुलुक बन्न सक्दैनः लिङ्देन | Khabarhub Khabarhub

काँग्रेस, एमाले र माओवादी जिते पनि मुलुक बन्न सक्दैनः लिङ्देन


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस, एमाले र माओवादीले निर्वाचन जिते पनि मुलुक बन्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौँमा भएको राप्रपा कार्यकर्ता भेलामा अध्यक्ष लिङ्देनले ठूला पार्टीले देशलाई बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत गरेको र मुलुकका लागि केही गर्न नसकेको बताएका हुन् ।

उनले अब पनि उनीहरूले निर्वाचन जिते मुलुक बन्न नसक्ने दाबी गरे ।

अध्यक्ष लिङ्देनले असफल भएका दललाई भोट दिएर विजयी गराए मुलुक नै असफलतातर्फ जाने तर्क गरे ।

उनले तीनै तहको निर्वाचनमा सोचेर भोट दिन पनि सर्वसाधारणसँग आग्रह गरेका छन् ।

अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले ५ वर्ष मात्रै देशको नेतृत्व पाए मुलुकको मुहार फेर्ने दाबीसमेत गरे । जनताले पनि निर्वाचनलाई मुलुकको हितका लागि प्रयोग गर्नुपर्ने उनको धारणा थियो । 

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ११ : ०२ बजे

डोनबास रुसलाई दिने कुरा स्वीकार्य हुँदैन : जेलेन्स्की

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध विरामका लागि डोनबास

चार दिनपछि खुल्यो कालीगण्डकी करिडोर

बागलुङ – चट्टानसहितको ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोरको

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन २८ गते बुधबार। भाद्र

आज २०८२ साल साउन २८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २८ गते बुधबार। भाद्र