सांसदमाथि भएको आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता « Khabarhub

सांसदमाथि भएको आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं, चैत १३ गते। गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका-६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन्।

शनिबार आक्रमणमा घाइते भएका साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाँणले घटनाको छानबिन गरेर दोषीउपर कारबाही गर्नै प्रतिबद्धता जनाउनुभएको हो।

गृहमन्त्री खाँणले सांसद साहको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुग्नुभएका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ।

गृहमन्त्री खाँणले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन्।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ६ : ३८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना