माधव नेपालले भने– ओलीले निलम्बित प्रधानन्यायाधीशसँग गोप्य छलफल गरी संसद् विघटन गरे « Khabarhub

माधव नेपालले भने– ओलीले निलम्बित प्रधानन्यायाधीशसँग गोप्य छलफल गरी संसद् विघटन गरे


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बसेर संसद् विघटनलगायतको योजना बनाएको दाबी गरेका छन् ।

पार्टीनिकट समाजवादी प्रेस संगठनको प्रथम विस्तारित बैठकमा अध्यक्ष नेपालले ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बंकर नै बनाएर निलम्बित प्रधानन्यायाधीश जबरासँग बालुवाटार बङ्करमा बारम्बार भेट गरेको बताए ।

अध्यक्ष नेपालले संसद् विघटन गर्ने पहिलेदेखि सोचेका ओलीले संसद् विघटनदेखि विभिन्न षड्यन्त्रको योजना बनाएको दाबी गरे।

ओलीले राष्ट्रपति, निलम्बित प्रधानन्यायाधीश र तत्कालीन प्रधानसेनापतिसँग बारम्बार भेट्दै संसद् विघटनलगायतको षड्यन्त्र गरेको पनि उनले आरोप लगाए ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको अहंकार सत्तामा पुगेपछि बढ्दै गएको र उनी कम्युनिष्टहरूको आवरणमा तानाशाहीसमेत आरोप लगाएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ११ : ५९ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।