बीआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई अध्यक्ष ओलीको आग्रह « Khabarhub

बीआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई अध्यक्ष ओलीको आग्रह


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । तीन दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुअघि उनले नक्सालस्थित होटल मेरियटमा ओलीसँग भेटवार्ता गरेका हुन् ।

‘अध्यक्षज्यूले भेटमा पछिल्लो समयमा खासगरी बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ्स) सँग जोडिएर जुन आयोजनाहरु हामीले अघि बढाउन सहमति गरेका छौं, तिनीहरुलाई निरन्तरता दिनुपर्छ । तिनीहरुलाई छिटोभन्दा छिटो सम्पन्न गनुपर्छ भन्ने धारणा राख्नुभयो,’ भेटवार्तामा सहभागी एमाले स्थायी कमिटि सदस्य राजन भट्टराई भने ।

भेटमा द्विपक्षीय विषयका धेरै मुद्दामा छलफल भएको उनले जनाए ।

नेपालले फाइदा लिनसक्ने सडक, रेल, सिँचाई, जलविद्युत उत्पादन, नाकाहरु निर्माण, स्वास्थ्य तथा शिक्षाका आयोजनाहरु छिटो अघि बढाउनु पर्ने धारणा अध्यक्ष ओलीले राखेका थिए ।

‘कोरोना महामारीपछि नेपालमा केही समस्या उत्पन्न भएका छन् । नाकाहरु बन्द भएका छन् । नाकाहरु खुल्नु पर्यो । नेपाली विद्यार्थी जो चीनमा अध्ययनरत थिए, कोरोनाका कारण उनीहरु फर्केर आएका थिए । छिटो उनीहरुलाई फर्काएर पढाई सुुचारु गर्नुपर्‍यो,’ अध्यक्ष ओलीको भनाई उद्वृत गर्दै भट्टराईले भने ।

हुम्लाभन्दा पारी चीनमा करिव पाँच सय जना नेपालीहरु अड्कीएको बारेमा पनि ओलीले चिनियाँ विदेशमन्त्री समक्ष कुरा राखेका थिए । यसबारे सत्यतथ्य पत्ता लगाएर चीनमा नेपाली अड्कीएर बसेको अवस्था हो भने छिटो फर्काउने व्यवस्था मिलाउन उनले अनुरोध गरेका थिए ।

जवाफमा चिनियाँ विदेशमन्त्री वाङले सहमति छिटो कार्यान्वयन तर्फ लैजाने प्रतिवद्धता दोहोर्‍याएका थिए । उनले ठूलो र सानो राष्ट्रको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने चीन र नेपालले देखाएको समेत बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १ : ०९ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा