आईपीएल : पञ्जाबको विजयी सुरुवात « Khabarhub

आईपीएल : पञ्जाबको विजयी सुरुवात


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाबले विजयी सुरुआत गरेको छ।

आइतबारको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै पन्जाबले विजयी सुरुवात गरेको हो।

सुरुमा ब्याटिङ गरेको बैंगलोरले दिएको २ सय ६ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो।

पन्जाबका लागि शिखर धवन र भानुका राजपाक्षले समान ४३ रन जोड्दा कप्तान मायांक अग्रवाल ३२, लियाम लिभिङस्टोन १९, ओडिन स्मिथ २५ र साहरुख खान २४ रनमा अविजित रहे। बैंगलोरका मोहमद सिराजले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर २ सय ५ रन जोडेको छ। बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले ८८ रनको अर्धशतकीय इनिङ खेले।

विराट कोहली ४१, दिनेश कार्तिक ३२ र अनुज रावत २१ रन बनाए। पन्जाबका अर्शदिप सिंह राहुल चाहरले १–१ विकेट लिए। पन्जाबले २ अंक जोडेको छ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : २६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु