आईपीएल : पञ्जाबको विजयी सुरुवात « Khabarhub

आईपीएल : पञ्जाबको विजयी सुरुवात


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाबले विजयी सुरुआत गरेको छ।

आइतबारको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै पन्जाबले विजयी सुरुवात गरेको हो।

सुरुमा ब्याटिङ गरेको बैंगलोरले दिएको २ सय ६ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो।

पन्जाबका लागि शिखर धवन र भानुका राजपाक्षले समान ४३ रन जोड्दा कप्तान मायांक अग्रवाल ३२, लियाम लिभिङस्टोन १९, ओडिन स्मिथ २५ र साहरुख खान २४ रनमा अविजित रहे। बैंगलोरका मोहमद सिराजले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर २ सय ५ रन जोडेको छ। बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले ८८ रनको अर्धशतकीय इनिङ खेले।

विराट कोहली ४१, दिनेश कार्तिक ३२ र अनुज रावत २१ रन बनाए। पन्जाबका अर्शदिप सिंह राहुल चाहरले १–१ विकेट लिए। पन्जाबले २ अंक जोडेको छ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : २६ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात