शिक्षा क्षेत्रको विकासका लागि राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ : नेता सिंह « Khabarhub

शिक्षा क्षेत्रको विकासका लागि राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ : नेता सिंह


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकाले विकास हुन नसकेको बताएका छन्।

सोमबार काठमाडौँमा कन्या मन्दिर माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै नेता सिंहले शिक्षा क्षेत्रको विकासका लागि राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताए।

शिक्षा क्षेत्रको विकासका लागि नारा दिएर मात्र नपुग्ने भएकाले मौका पाउँदा काम गरेर देखाउनुपर्ने उनले बताए । नेता सिंहले संविधानमा उल्लेख आधारभूत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिकको समान पहुँच पुग्न नसकेको भन्दै यसमा सबैको ध्यान जानुपर्ने उल्लेख गरे ।

त्यस्तै उनले जनताको संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा विद्यालयका कर्मचारी, शिक्षक लगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  २ : ४७ बजे

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित