अक्षयको फिल्म हलमा नभई ओटीटीमा रिलिज हुने « Khabarhub

अक्षयको फिल्म हलमा नभई ओटीटीमा रिलिज हुने


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– बलिउड अभिनेता अक्षय कुमार अभिनीत पछिल्लो फिल्म ‘बच्चन पाण्डे’ असफल रह्यो ।

त्यसअघि रिलिज भएको ‘द कश्मीर फाइल्स’ को कारणले अक्षयको फिल्मको कलेक्सन पचास करोडमै रोकियो । त्यसपछि रिलिज भएको फिल्म ‘आरआरआर’ ले फिल्मलाई हलमा बाँकी नै रहन दिएन ।

यी यस्तै कारणले हाइप ठीकठाक हुँदा हुँदै पनि फिल्म फ्लप भयो ।

यसैकारण हुन् सक्छ अक्षयको नेक्स्ट फिल्म डिरेक्ट ओटीटीमा रिलिज हुने भएको छ । अक्षय अभिनीत फिल्म ‘मिशन सिन्ड्रेला’ ओटीटी प्लेटफर्म डिज्नेप्लस हटस्टारमा प्रिमियर हुनेछ ।

फिल्मलाई आउँदो अप्रिलमा प्रिमियर गर्ने निर्माण पक्षले निर्णय गरेका छन् । रञ्‍जित एम तिवारी निर्देशित फिल्म ‘मिशन सिन्ड्रेला’ मा अक्षयसँगै राकुल प्रीत सिंह , गुरप्रीत सिंह, सर्गुन मेहतालगायतको अभिनय रहेको छ ।

फिल्मको बजेट एक सय ७५ करोड भनिएको छ । भारतीय मिडियाले फिल्मलाई डिज्नेप्लसले दुई सय करोड दिएको उल्लेख गरेको छ । फिल्म आउँदो महिना अप्रिल २९ मा प्रिमियर गर्ने तयारी डिज्नेप्लसले गरेको छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ११ : ५० बजे

परोपकार प्रसूति अस्पतालमा ६२ औँ स्वस्थ शिशु प्रतिस्पर्धा आयोजना हुँदै 

काठमाडौं– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीले ६२ औँ ‘स्वस्थ

नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा

काठमाडौं– नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुग्न

डा. केसीले अनशन फिर्ता नलिए प्रतिअनशन बस्ने संघर्ष समितिको चेतावनी

धनगढी– शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

 काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ ।

रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदहरूको स्वकीय सचिव