युक्रेनमा १७ हजार रुसी सैनिक मारिए « Khabarhub

युक्रेनमा १७ हजार रुसी सैनिक मारिए


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा जारी आक्रमणका क्रममा हालसम्म १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले जनाएको छ । गत फेब्रुअरी २४ मा आक्रमण थालेयता १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएको हो ।

त्यस्तै, रुसी सेनाको ५ सय ९७ ट्यांक, १ हजार ७ सय १० बख्तरबन्द गाडी, १ सय २७ लडाकु विमान, १ सय २९ सैनिक हेलिकोप्टर र सात पानीजहाज पनि ध्वस्त पारेको युक्रेनी सेनाले जनाएको छ ।

युक्रेनमा जारी आक्रमणका क्रममा भएका सैनिक हताहतीबारे दुई पक्षले फरक फरक तथ्यांक प्रस्तुत गर्दै आएका छन् । गत शुक्रबार रुसले युक्रेनमा आफ्ना केबल १ हजार ३ सय ५१ सैनिक मारिएको जनाएको थियो ।

यद्यपि यी दुबै दाबीको स्वतन्त्र पुष्टि भने नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  २ : ५५ बजे

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको

भद्रपुरमा १६८ सिटी सफारी र अटो कारबाहीमा

झापा । जिल्लाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र

कवि तारा सुवेदीको कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पित

काठमाडौं । कवि तारा सुवेदीको पहिलो कवितासंग्रह ‘अनुभूतिका महक’ एक