नेपाल र चाइनिज ताइपेईबीचको खेल बराबरी « Khabarhub

नेपाल र चाइनिज ताइपेईबीचको खेल बराबरी


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिषेक रिजालको गोलमा नेपाली राष्ट्रिय फुटबल टोली चाइनीज ताइपेइसँग हार बाट जोगिएका छ । ताइपेइमा विहीबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले १–१ गोलको बराबरी खेलेको हो ।

पहिलो हाफमा १–० गोल अन्तरले पछि परेको नेपाली टोली दोस्रो हाफमा लयमा फर्किएको थियो । खेलको ६९ औं मिनेटमा ताइपेइका खेलाडीले नेपालका खेलाडीमाथि फाउल गरेपछि फ्रिकिक पाएको थियो । उक्त फ्रिकिक नेपालका सन्तोष तामाङले प्रहार गरे ।

सन्तोषले प्रहार गरेको फ्रिकिक बल नेपालका युवा युवा खेलाडी अभिषेक रिजालले हेड गर्दै जाली चुमाउन सफल भए । यसअघि ताइपेइले खेलको ३८ औं मिनेटमा नेपालविरुद्ध पहिलो गोल गरेको थियो । ताइपेइका लागि उ चुन चिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

ताईपेईमा भएको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै मैत्रीपूर्ण खेलको विदेश यात्रा सम्पन्न गरेको छ । यसअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेलेको थियो भने उक्त खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।

पहिलो खेलमा पराजित भएको नेपाली टोलीमा प्रशिक्षक योहान कालिनले निकै परिवर्तन गरेका थिए । जसमा कप्तान विराज महर्जन समेत बेञ्चमा रहे ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ६ : ४७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु