नेपाल-सिङ्गापुर चेम्बर अफ कमर्शको अध्यक्षमा कुँवर निर्विरोध | Khabarhub Khabarhub

नेपाल-सिङ्गापुर चेम्बर अफ कमर्शको अध्यक्षमा कुँवर निर्विरोध


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल सिङ्गापुर चेम्बर अफ कमर्श एण्ड इन्ड्रस्टिजको अध्यक्षमा इन्जिनियर दीपक कुँवर चयन भएका छन्।

कमर्शको मङ्गलबार साँझ सम्पन्न भेलाले कुँवरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा योगदान पुर्‍याएका कुँवर नेपाल घरजग्गा व्यवसायी महासङ्घका द्वितीय उपाध्यक्ष, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष एवं नयाँ बसपार्कमा सञ्चालित लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष छन्। उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्।

उपाध्यक्षमा सञ्जयकुमार अग्रवाल र विनोद ढकाल, महासचिवमा कृष्णकुमार अग्रवाल, कोषाध्यक्षमा गोविन्दप्रसाद थपलिया, सचिवद्वयमा देवआनन्द सरवगी र दिनेश बज्राचार्य चयन भए । यसैगरी सदस्यहरुमा कमला श्रेष्ठ, गोविन्दप्रसाद घिमिरे, विजयसिंह वैद्य, मनोजकुमार अग्रवाल, स्कन्द अमात्य, दीपेश तुलाधर, रजुल श्रेष्ठ, खेमराज पन्त, अभिषेक सारडा, सुजेन श्रेष्ठ, सुमेध शाक्य, निशान ढकाल र आरुश्री खतिवडालाई चयन गरिएको छ ।

समितिको विशिष्ट सदस्यमा नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई चयन गरिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ११ : ५२ बजे

पश्चिम भारतमा भारी वर्षा, १८ जनाको मृत्यु

अहमदाबाद – भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण

व्यवसायीक सुरक्षा र दरबन्दी व्यवस्थापनको माग गर्दै मन्त्रालयमा ज्ञापन पत्र

काठमाडौं– नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवाको संरचना सुदृढीकरण, व्यवसायीक सुरक्षा

राष्ट्रपतिद्वारा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

 काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय

बाढीबाट जोगाउन तटबन्ध निर्माण

कञ्चनपुर– स्याली नदीको बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिका–५ का बासिन्दालाई

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको