‘हेल्लो जिन्दगी’ लाई सन्दीप र रविन्द्रको साथ « Khabarhub

‘हेल्लो जिन्दगी’ लाई सन्दीप र रविन्द्रको साथ


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘हेल्लो जिन्दगी’ शुक्रबारबाट रिलिज हुँदैछ । फिल्म घोषणा हुने समयमा निकै चर्चा भएको थियो । फिल्मसँग जोडिदा खुशी लागेको प्रतिक्रिया दिने अभिनेत्रीहरुले फिल्मको प्रचारप्रसारमा साथ दिएनन् । फिल्मका दुई परिचित अनुहारहरु प्रियंका कार्की र दीपिका प्रसाईंसँगै विल्सन विक्रम राई पनि पब्लिसिटीमा देखिएका छैनन् । नयाँ अनुहार विक्रम जोशीले फिल्मको प्रचारप्रसार गरिरहेका छन् ।

फिल्मको प्रचारमा अभिनेत्रीहरु नदेखिएता पनि अन्य कलाकार देखिएका छन् । रिलिजको संघारमा बुधवार आयोजित एक कार्यक्रममा अभिनेता अनुप विक्रम शाही, सन्दीप क्षेत्री, रविन्द्र झा फिल्मको टिमसँग देखिए । यी कलाकारसँगै निर्देशक मिलन चाम्स, शोभित बस्नेत , डाक्टर कपिल रिजाल पनि कार्यक्रममा उपस्थित थिए । उनीहरुले फिल्म हेर्न समेत दर्शकलाई आग्रह गरे । निर्देशक एभरेस्ट सूर्य बोहराको अघिल्लो फिल्म ‘श्री’ मा सहकार्य गरेका सन्दीपले नेपाली फिल्मलाई हेर्ने बानी दर्शकले गर्नु पर्नेमा जोड दिए । ‘हामीले हाम्रो फिल्मलाई माया नगर्ने हो भने कसरी यो क्षेत्र अगाडी बढ्छ ?’ सन्दीपले प्रश्न गर्दै भने,‘आफूले खेलेको फिल्मलाई लिएर कोही उत्साही छैन भने त्यो कलाकार होइन ।’

सन्दीप झैँ रविन्द्रलले पनि नेपाली फिल्मलाई हेरेर सल्लाह दिए मात्र मेकिङमा स्तरीयता बढ्ने बताए । ‘नेपाली फिल्म हेरेर सुझाव दिए यसमा हुने लगानी अवश्य बढ्छ ।’ छोटो कुरा गरेका रविन्द्रसँगै रहेका फिल्मका निर्देशक बोहोराले पैसाकै कारण अभिनेत्री द्वयसँग सम्बन्धमा दरार नआएको बताए । ‘हामीले उहाँहरुले मागेजति पैसा पनि दिएका छौँ र कसैको रोल पनि अधुरो छैन’ निर्देशक बोहोरा भन्छन्,‘कलाकारले फिल्ममा नभए पनि हामीसँग फिल्मलाई माया गर्ने कलाकार पनि छन् । व्यक्तिभन्दा नेपाली फिल्म ठुलो हो ।’

अभिनेता विक्रम जोशीले कथावस्तु विदेशमा घटेको एक यथार्थ घटनामा आधारित रहेको बताए । ‘विदेशमा भएको घटनालाई हामीले फिल्ममा उतारेका छौँ। दर्शकले इन्जोय गर्न सक्नुहुन्छ’ विक्रमले भने । फिल्ममा विक्रान्त बस्नेत, सविता गुरुङ, सनमकुमार बैराग, विभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त लगायतको अभिनय छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १२ : ३६ बजे

आहा रारा पोखरा गोल्डकपः अग्रता जोगाउन नसक्दा मनाङसँग एपिएफ पराजित

कास्की – पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब

देवचुली चोकमा जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या

दैलेख – दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक

आजका समाचार : राष्ट्रियसभा अधिवेशन अन्त्य, प्रसाईँले बालेन-सोबिताबारे नयाँ खुलासा गर्ने, दोस्रो खेलमा पनि नेपालको हार र बङ्गलादेशमा मतदान

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्नेपाली