सौगात र बेनिशाको जोडी दोहोरिँदै « Khabarhub

सौगात र बेनिशाको जोडी दोहोरिँदै


१७ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘झ्यानाकुटी’ मा अभिनय गरेका सौगात मल्ल र बेनिशा हमालको जोडी नयाँ फिल्ममा देखिने भएको छ ।

यी दुईले एक नयाँ फिल्ममा अभिनय गर्ने सहमति जनाइसकेका छन् । एक प्रोजेक्टमा सौगात र बेनिशा जोडीएसँगै यो जोडी दोहोरिने भएको छ । सौगातले अभिनय गर्ने भनिएको विदेशी प्रोजेक्टसँग विविध कुरा नमिले पछि ’२ नम्बरी’ साइन गरेका थिए ।

यिनै सौगातले त्यसपछि छायांकन हुने गरी अनस्क्रिनमा बेनिशाको जोडी बन्न राजी भएका हुन् । फिल्मको बारेमा निर्माण पक्षले केही समय पश्चात घोषणा गर्ने तयारी समेत गरिरहेको छ ।

सौगात अभिनित मन्त्र र कबड्डी ४ रिलिजको तयारीमा छ भने बेनिशाले अभिनय गरेको ‘प्रेमगञ्ज’ पनि प्रदर्शनको लागि तयार छ । झ्यानाकुटी पश्चात दर्शकले सौगात र बेनिशाको जोडीलाई यसकै सिक्वेलमा हेर्ने पाउने चर्चा चलेको थियो ।

यद्दपि निर्माण पक्षले सिक्वेल बनाउने तयारी अझै सुरु गर्न सकेको छैन ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ५ : ३० बजे

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई